Sunday, August 26, 2012

मृगौला आँप फलेजस्तै फेरिपलाउँछ भनेर फकाउँछन् गिरोह

चाँदनी हमाल, चितवन, भदौ १०- नवलपरासी कावासोतीका ७० वर्षीय चण्डीप्रसाद पाठकको करिब ६ महिनाअघि दुवै मृगौला काम नलाग्ने भयो। बाच्नका लागि उनले उपचारसँगै भरतपुर मेडीकल कलेजमा डाईलोसिस नगरीसुख पाएनन्। अब पहिलेजस्तो हिँडडुल र कामकाजको जिवनका लागि उनले मृगौला प्रत्यारोपण गर्नुपर्ने भयो।
जसका लागि नेपालको काननु अनुसार अन्यव्यक्तिबाट मृगौला नपाउने भएपछि उनी भारतको कलकत्ता स्थित रविन्द्रनाथ टैगोर अस्पताल पुगे। तर त्यहाँ उनले सहजै मृर्गौला पाएनन। कयौं मृगौलाकिनबेच गर्न गिरोहको सामना गर्दा गर्दै बल्ल बल्ल ३५ लाख रुपयाँमा एक मृगौला उनले पाउने भएका छन्।
उनका छोरा र घरपरिवारले जायजेथा बटुलेर जम्मा पारेकोठूलो रकम अस्पतालमा मृगौला दिनेदेखि त्यसको प्रबन्ध गर्नेसम्मलाई दिन खर्च गरे। केहीमहिनाभित्रै उनको मृगौला प्रत्यारोपण गर्ने तयभएको चण्डीप्रसाद अस्पतालमै भर्ना भएर बसेका छन। तर मृगौला बेच्न आउनेहरु भने आँपको फल जस्तै मृगौला झिकेपछि फेरि फल्छ भन्ने दलालको झुटो कुरामा फसेर पुग्ने गरेको अनुसन्धानकर्मीहरु बताउँछन्।
आफ्नै एकल परिवारभित्रको बाहेक अन्यको मृगौला दिन नमिल्ने काननु नेपालमा छ। जसको फाईदा भारतिय अस्पताल र गिरोहहरुले उठाइरहेका छन्। काभ्रे, सिन्धुपाल्चोक, नुवाकोटलगायत जिल्लाका घरैपिच्छे मृगौला भारतमा बेच्नेहरुको लर्को नै छ। उनीहरुले बेचेका मृगौला देशका ठूला अस्पतालमा आउने बिरामीलाई बेच्न भारतिय अस्पतालसँग साँठगाँठ राख्ने गरेको पाईएको माईती नेपाल चितवनका संयोजक युवराज दवाडीले बताए। मानव अंग बेच्नेलाई मानव बेच बिखनकै कानुन लाग्ने भए पनि पैसाको प्रलोभनका बेच्नेहरुले उजुरी नदिएका कारण कारबाही हुन नसकेको उनी बताउँछन्। काठमाडौं र चितवनकै ठूला अस्पताल वरपर पनि यस्ता गिरोहको सक्रियता बढ्न थालेको उनको भनाई छ। 'धेरै अस्पतालमा मृगौला बेच्ने व्यक्ति र किन्ने बिरामीलाई भारतीय अस्पतालतिर लैजान यस्ता गिरोहले विशेष पहल गर्ने गरेको हुनसक्छ,' उनले भने।
उनले भनेजस्तै चितवनको भरतपुर मेडीकल कलेजमा उपचाररत बसेनीकी बिरामी ३५ वर्षीया माया आलेको दुवै मृगौला काम नलाग्ने भएपछि फेर्नका लागि केही व्यक्तिलेउनका आफन्तलाई सम्पर्क गरेकाथिए। मृगौला फेर्न डाक्टरले भनेको त हो मायाका भाई देव थापाले भने केही मान्छेहरुलेपनि भारतमा फेर्न पाइन्छ भन्न आएका थिए।
तर आफूहरुसँग मृगौला फेर्न पुग्ने पैसा नभएकाले कतै नगएको उनले बताए। 'भिनाजु ज्याला मजदुरी गर्नुहुन्छ उनले भने भएको पैसा उपचारमै सकियो मृगौला फेर्न सकिने पैसा नै छैन।'
उनको जस्तै कपिलबस्तुका ५७ वर्षीय नरबहादुर पुनको पनि दुवै मृगौला फेल भएपछि फेर्नुपर्ने अवस्थामा छ। 'तर मुटुका पनि रोगी भएकाले मृर्गौला किन्नतिर लागिएन, छोरा प्रदीप पुनले भने नत्र भारतका अस्पतालमा नेपाली मृगौला पाइन्छ भने थाहा पाएको थिएँ।'
अस्पतालबाटै किन्ने र बेच्नेदुबै भारत पुगेर रकम र मृगौला आदान प्रदान गरेका थुप्रै घटना बाहिर सार्वजनिक हुँदैनन्। 'सहमतिमै बेचिए पनि त्यो कानुनी अपराध हो चितवन अदालतका जिल्लान्याधिवक्ता सञ्जिव रेग्मी भन्छन मैले चाहेको खण्डमा किन दिन नपाउने भन्ने तर्कले नै जितेको छ।'
मृगौला प्रत्यारोपणका विषयमा नेपालको कानुन थोरै खुकुलो बनाए गिरोहले सल्बलाउने अवसर नपाउने उनको भनाई छ। बाबु, आमा, छोरा, छोरीबाहेक अन्य आफन्तले पनि चाहेका बेला एक मृगौला दिन पाउने गरी कानुन सुधार हुनु आवश्यक रहेको अधिवक्ता कृष्णभक्त पोखरेल उल्लेख गर्छन्।
मृगौला बेचविखनका विषयमा आईतबार कानुन अन्वेषण स्रोतकेन्द्रले गरेको बहसमा केन्द्रका कार्यक्रम संयोजक बिनोद लामिछानेले मृगौला बेचबिखनमा पर्नेहरुलाई सचेत गराउन सबैपक्ष मिलेर लाग्नुपर्ने बताए। गाउँघरमा मृगौला आँपजस्तै फल हो। एकपल्ट झिकेपछि फेरि फल्छ,बेचेर केही हुँदैन भनेर भनेर गिरोहका दलालहरुले फकाउने गरेका छन, उनले आफ्नो अनुसन्धानमा यस्तो फेला परेको बताए। उनका अनुसार काभ्रेको एक गाउँमा एकै घरका सातजनाले सम्मले भारतका अस्पतालमा मृगौला बिक्री गरेका छन्।
चितवन पनि मेडीकल सिटी बन्दै गरेकाले स्कुल, आमा तथा महिला समूह, सञ्जाल र जिल्ला स्तरिय संघ संस्थाहरुलाई सचेतनामा लग्नुपर्ने सरकोकारवालाले बताए। मृगौला बेचविखन गर्नु कानुनी अपराध भएकाले यसविरुद्ध सचेतनामुलक कार्यक्रम गर्न सक्रिय बनाउनु पर्ने सुझाव प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले दिए।
चितवनमा मात्र दैनिक ३० जनाको हाराहारीमा मृगौला रोगीहरु उपचारका लागि अस्पताल पुग्ने गर्छन्। देशभरमा वर्षमा तीनहजार बिरामीको मृगौला फेल भएर फेर्नुपर्ने अवस्थामा छन्।
प्रतिक्रियाहरू

No comments:

Post a Comment