Sunday, August 26, 2012

कलेज ड्रेस लगाउनेले गेस्टहाउसमा कोठा नपाउने

१० भदौ, काठमाडौं । यौनजन्य क्रियाकलाप न्यून गर्ने उद्देश्यले बागबजार क्षेत्रका गेस्टहाउसमा आचारसंहिता लागू भएको छ ।
नेपाल गेस्टहाउस व्यवसायी सङ्घद्वारा आइतबार आयोजित अन्तक्रिर्यामा विशेष गरी बागबजार क्षेत्रमा यौनजन्य क्रियाकलाप भइरहेको भन्ने गुनासोलाई सम्बोधन गर्ने गरीसातबुँदे आचारसंहिता ल्याइएको छ । उक्त क्षेत्रमा मात्रै करिब ६० गेस्ट हाउस छन् । आचारसंहितामा कोठामा बस्नुअघि हरेक पाहुनाको सम्पर्क नम्बरसहित स्पष्ट परिचय खुल्ने गरी नाम दर्ता गराउनुपर्ने, यौन विकृतिमा लागेका तथा लागुऔषधका दुव्र्यसनी, टोल क्षेत्रमा आतङ्क मच्चाउने जो कोहीलाई कोठा नदिइने उल्लेख छ ।
यस्तै विद्यालय/कलेजको पोसाकमा आउने युवालाई कोठा नदिइने, होटल तथा लजमा पाहुना बसेपछि उनीहरूले पालना गर्नुपर्ने नियम बुँदागतरूपमा लेखेर सूचना पाटीमा राख्ने, आफूले गरेको पेसाप्रति आफूलाई गर्व महसुसहुने वातावरण बनाउने पनि आचारसंहितामा उल्लेख गरिएको छ ।
आचारसंहितामा सुरक्षा निकायबाट हुने जाँचलाई सहयोगपुर्‍याउने र समय समयमा हुने आपराधिक घटनालाई ध्यानमा राखी ‘कुन प्रहरी अफिसर’को नेतृत्वमा आएको हो, जाँच गरेको हस्ताक्षर गराउने र व्यवसायीले आचारसंहिताको पूर्णरूपमा पालना गर्नुपर्ने उल्लेख छ ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त केशव स्थापितले वर्तमान समाज समयसापेक्ष चलिरहेकाले यौन व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न कठिनाइ भएको भन्दै यौन व्यवसायीलाई पुनःस्थापना गर्न उचित स्थानको आवश्यकता रहेको औँल्याउनुभयो । उहाँले युवाले पे्रम साट्ने उचित स्थानको अभावमा यौनजन्य क्रियाकलापले उग्ररूप लिएकाले मर्यादित बनाउन उचितस्थानको खोजी भइरहेको र चाँडै युवालाई लक्ष्य गरी पार्क बनाइने जानकारी दिनुभयो ।
महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख जयबहादुर चन्दले मुलुकको नियमकानुनले यौन व्यवसायलाई मान्यता नदिएको र यौनकर्मीलेसुरक्षित स्थानका रूपमा गेस्टहाउसलाई प्रयोग गर्ने गरेकाले त्यस्ता गतिविधिको रोक्नु सबैको साझा दायित्व भएको बताउनुभयो ।

No comments:

Post a Comment