Sunday, August 26, 2012

प्रभु मनी र कर्मज एण्ड ट्रष्ट बैंकवीच सम्झौता

१० भदौ, काठमाडौं । बिदेशमा रहेका नेपालीहरुले श्रम गरि आर्जन गरेको रेमिट्यान्स मुलुक भित्राउँदै आएको प्रभुमनी ट्रान्सफर र नेपालको क बर्गको बाणिज्य वैंक कमर्ज एण्ड ट्रष्ट वैंकवीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापछि बिदेशबाट प्र्रभु मनि ट्रान्सफरमार्फत पठाएको पैसा कमर्ज एण्ड ट्रष्ट बैंकका मुलुकभरका ११ वटा शाखाबाट भुक्तानी लिन सकिने छ । सम्झौता पत्रमा प्र्रभु मनि ट्रान्सफरका तर्फबाट नायव महाप्रबन्धक रामेश्वर सापकोटा र कमर्ज एण्ढ ट्रष्ट बैंकका तर्फबाट अपरेशन प्रमुख बिभुषण श्रेष्ठले आइतवार हस्ताक्षर गर्नुभएको प्रभु मनी ट्रान्सफरद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
११ बर्षदेखि बिदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिटेन्स भित्राउदै आएको प्र्रभु मनि ट्रान्सफरले मलेसिया र अमेरिकाबाट आफ्नै कार्यालयमार्फत तथा खाडी मुलुकसहित नेपाली कार्यरत सबैजसो मुलुकबाट बिभिन्न कम्पनीसंग मिलेर रेमिटेन्स भित्राउँदै आएको छ ।
पछिल्ला दिनमा संजाल विस्तारलाई तिब्रता दिएको प्रभुले हालै नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य वैंक, कृषि बिकाश वैंक र कुमारी बैंकसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरि करिव ६ सय भुक्तानी केन्द्र थप गरेको छ । योसँगै प्रभुले मुलुकभरबाटकरिव २ हजार १ सय भुक्तानी शाखाबाट रकम भुक्तानी गर्छ ।

No comments:

Post a Comment