Sunday, August 26, 2012

प्रधानमन्त्रीले सिंहदरवारमा फोटो झुन्डाउने बाहेक केही कामगरेनन् : एमाले

एमालेले प्रधानमन्त्री डा वावुरामा भट्टराई नेतृत्वको सरकारले एक वर्षे सिंहदरवार यात्रामा भित्तामा एउटा फोटोझुन्डाउने वाहेक अरु कुनै काम गर्न नसकेको वताएको छ । पार्टी कार्यालय मदननगर बल्खुमा आइतवार पत्रकार सम्मेलनको आयोजना गरी एमाललेप्रधानमान्त्री डा वावुराम भट्टराई नेतृत्वको सरकारले देश र जनताका हित हुने एउटा पनि सकारात्मक काम गर्न नसकेको आरोप समेत लगाएकेा छ ।
उसले प्रधानमन्त्री भट्टराईले अहिले राष्ट्रियता इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको आरोप लगाएको छ । पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री हुँदा भट्टराईले घन्काएका आर्थिक मितव्यीता, शुसासनका चर्का नारा नारामामात्रै समिति भएको वताउनुभयो । उहाँले माओवादीले सत्तारुढ दलहरुको मोर्चा गठन गरेर आफूलाई संघीयता पक्षधर र अरु दललाई संघीयता विरोधी कित्तामा उभ्याउन खोजेको आरोप लगाउनुभयो ।
उहाँले प्रचण्डको संयोजकत्वमा वनेको मोर्चाले मुलुकलाई निकास नभई धु्रबीकरण तर्फ लैजाने आरोप लगाउनुभयो । उहाँले एकीकृत माओवादी अहिले पनि सत्ता कब्जा गर्ने रणनीति अनुसार अघि वढिरहेको आरोप लगाउनुभयो।

No comments:

Post a Comment