Wednesday, August 22, 2012

बजार अनुगमन तिव्र

६ भदौं, काठमाण्डौं । सरकारले आजदेखि दैनिक बजार अनुगमन प्रक्रियालाई तिब्रता दिने भएको छ । बजारमा दैनिक उपभोग्य वस्तुको चर्को मूल्यवृद्धि भएपछि त्यसको नियन्त्रणका लागि सरकारले पहल सुरु गरेको छ ।
मनोमानी र एकाधिकारपूर्ण तरिकाले खाद्य वस्तुको बिक्री गरिएको भन्ने गुनासो आए पछि आज देखि अनुगमनलाई तिब्रता दिन लागीएको उद्योग वाणिर्ज्य विभागले जनाएको छ ।दैनिक उपभोग्य वस्तुको मूल्य ३० देखि ५० प्रतिशतसम्म बढेकोर बजार अनुगमन पनि सुस्ताएको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि प्रधानमन्त्री बाबुराम भटराईले हिजो मुख्यसचिव लिलामणि पौडेल, वाणिज्य तथा आपूर्ति सचिव लालमणि जोशी, वाणिज्य विभागका महानिर्देशक, नेसनल टे्रडिङ, साल्ट टे्रडिङलगायतका संस्थानका प्रतिनिधिहरूलाई बोलाएर तत्काल बजार अनुगमनको काम सुरु गर्न निर्देशन दिनु भएको थियो ।
बजार अनुगमनका क्रममा मौज्दात रहेको खाद्यवस्तु लुकाएर कृत्रिम अभाव सिर्जना गर्ने तथा बजारलाई एकाधिकारपूर्ण तरिकाले चलाउन खोज्नेहरु भेटिएमा तत्काल कारवाही गर्ने मुख्य सचिब लिलामणी पौडेलले जानकारी दिनु भयो ।

No comments:

Post a Comment