Wednesday, August 22, 2012

प्रचण्डजी आफू बाधक बनेर मलाई दोष दिइरहनुभएको छ : कोइराला

भीम चापागाईं, इलाम, भदौ ६ - नेपाली कांग्रेसका सभापति शुशील कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सरकार नबनेसम्म अरु कुनै कुरामा सहमति नहुने बताएका छन्। उनले एकीकृत नेकपा माओवादीको हठका कारण यस्तो सहमति हुन नसकेको आरोप लगाए।
उनले भने, 'अरुको नेतृत्वमा सरकार बन्दा सहमति हुने छाँट छैन। कांग्रेसकै नेतृत्वमा बन्नुपर्छ।' तर, वर्तमान सहमतिको मुख्य बाधक भने माओवादी भएको उनले दाबी गरे। सहमति गर्दै जाने र कार्यान्वयन नगर्ने माओवादीले अहिले सहमति नै नचाहेको उनको आरोप थियो। कांग्रेस नेतृत्वमा सरकार नबनेसम्म सहमति नहुने बताएका कोइरालाले त्यही कार्यक्रममा कांग्रेस कुर्सीको खेलमा भनेनलागेको बताए ।
नेपाल प्रेस युनियन इलामले सदरमुकाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले भने, 'माओवादी गतिरोधको मूख्य कारण हो। प्रचण्डजी आफू बाधक बनेर मलाई दोष मात्रै दिइरहनुभएको छ।'

No comments:

Post a Comment