२३ साउन, काठमाण्डौ । बुटबलबाट काठमाण्डौं आउँदै गरेको यात्रुबस धादिङमा मंगलबार बिहान दुर्घटनाहुँदा एक फुटवल खेलाडीको ज्यान गएको छ ।
दुर्घटनामा परि ज्यान गुमाउने ११ जनामध्ये एक जना एन्फा यु-१४ को राष्ट्रिय टीमका खेलाडी पोखरालामाचौरका रञ्जन थापा पनि परेका छन् । संगै यात्रा गरिरहेका अन्य तीन खेलाडी घाइते छन् । स्याङजाका सागर परियारको अबस्था गम्भीर छ भने काभ्रेका मिलन हिताङ र सम्राट बलुन पनि घाइते छन् ।
उनीहरु बुटवलस्थित एन्फामा रहेर यु-१४ टीमबाट खेलेका थिए । बुटवलमा एसएलसीको पुरक परिक्षा दिएर फर्कर्दै गर्दा उनीहरु दुर्घटनामा परेका हुन् ।
No comments:
Post a Comment