२३ साउन, काठमाण्डौ । मुलुकको मुख्य प्रशासनिक अड्डा सिंहदरबारमा सामाजिक संजाल फेसबुकलाई प्रतिबन्ध लगाइएको छ ।
कार्यालय सुरु हुनासाथ कर्मचारीहरु फेसबुकमा झुण्डिन थालेपछि सरकारले मुख्य चाप हुने समयमा फेसबुक नखुल्ने बनाएको छ । सिंहदरबारभित्र वितरित इन्टरनेट नियन्त्रण गर्ने अर्थ मन्त्रालयले बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म सिंहदरबारस्थित मन्त्रालयका कम्प्युटरमा फेसबुक नचल्ने बनाएको हो ।
अर्थ मन्त्रालयका प्रवक्ता राजन खनालले भने फेसबुक चलउँदा इन्टरनेट सुस्त भएका कारण परिक्षणका रुपमा फेसबुकबन्द गरिएको बताउनुभयो । प्रधानमन्त्री कार्यालय, सूचना तथा संचार, बिज्ञान तथा प्रबिधि मन्त्रालय लगायतमा फेसबुक खोल्न अपरान्ह ३ बजाउनुपर्छ । जतिबेला अधिकांश कर्मचारी कार्यकक्ष छाडेर घरतिर लागिसकेका हुन्छन् ।
बिहान दश बजे कार्यालय पुग्नासाथ कर्मचारीहरुले फेसबुक खोलेर भुल्ने गरेपछि इन्टरनेटसमेत सुस्त भएको बताइएको छ । गएका दुई सातादेखि फेसबुक बन्द गरेपछिकामको चाप हुने समयमा इन्टरनेटसमेत द्रुत भएको बताइएको छ ।
No comments:
Post a Comment