७ मृतकको सनाखत रामेश्वर कार्की, धादिङ, साउन २३- धादिङ साउन २३-पृथ्वी राजमार्ग अन्तर्गत धादिङको भुमेस्थान-६ सिम्ले नजिकै कमेरेमा आज विहान ४ बजेतिर यात्रुबहाक बस पल्टिँदा ११ जनाको मृत्यु भएको छ। २ दर्जन यात्रु घाइते भएका छन्। भैरहवाबाट काठमाडौं जाँदै गरेको लु १ ख ७०५१ नम्बरको यात्रुबहाक सडकबाट ५० मिटर तल महेशखोलामा पल्टिएर दुर्घटना भएको हो।
घटनास्थलमा १० जनाको ज्यान गएको छ । १ जनाको उपचारका क्रममा सहिद मेमोरियल अस्पताल कलंकीमा मृत्यु भएको प्रहरी चौकी महादेवबेसीले जनाएको छ। मृतक ९ पुरुष २ महिला भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरिक्षक हेमन्त थापाले जानकारी दिए। मृतक ७ जनाको सनाखत भएको छ। मृत्यु हुनेहरुमा बलराम चौधरी कपिलवस्तु, मोहन नगरकोटी रुपन्देही, फणिन्द्र सुवेदी रुपन्देही, पार्वती घर्ती गुल्मि तम्घास, सुसिल जिएम बुटवल नगरपालिका-१३, रञ्जन थापा पोखरा, सेरबहादुर थापा बुटलव-१५ रुपन्देही रहेका छन्।
अन्य ४ जनाको सनाखत हुन सकेको छैन। घटनास्थलबाट २३ जना घाइतेको उद्धार गरी उपचारका निम्ति काठमाडौं पठाइएको ट्राफिक पहरी निरीक्षक थापालेबताए।
उकालोसमथर सडकबाट अपत्यारिलो तरिकाले घटना भएकोधादिङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक गणेश रेग्मी बताउँछन्। घटनास्थलमा चालक सकुशल फेला नपरेकाले राति निदाएकाले दुर्घटना भएको हुन सक्ने अनुमान प्रनाउ रेग्मीको छ। घटनामा स्थानीयवासी, इलाका प्रहरी कार्यालय खानीखोला, गजुरी, सशस्त्र प्रहरीबल आदमघाट, नेपाली सेनाको ६ नम्बर बाहिनी अड्डा बैरेनी, नेपाली सेना गजुरी र राजमार्ग प्रथमिक उपचार स्वयम्सेवकले घटना लगत्तै उद्धार कार्य थालेको थिए। बस सडकबाट ५० मिटर तल पानीमा खसेको छ।
केही घाइते बगाएको अवस्थामा फेला परेकाले अन्य मानिस बेपत्त भएको अनुमान प्रहरीको छ। घटनास्थलमा भेटिएका सबै शव प्राथमिक सवास्थ्य केन्द्र गजुरीमा पोष्ट मार्टमका लागी राखिएको छ। सनाखत गरी पोष्टमार्टम गरिएपछि आफन्तलाई बुझाइने प्रहरी नायव उपरिक्षक रेग्मीले बताए। बसमा ४० जना यात्रुचढेको चलानी फेला परेको छ। बसमा यात्रारत घाइतेको भनाइअनुसार ५० जनाको संख्यामा यात्रु रहेका थिए। धादिङमा साउन महिनामा मात्र यो समेत गरी ५ ठुला दुर्घटना भएको छ। पाँच दुर्घटनामा गरी २८ जनाले ज्यान गुमाएका छन भने ५० जना घाइते भएका छन्। नदीमा परी वेपत्ता भएका १ दर्जन मानिस अझै फेला परेको छैन।
No comments:
Post a Comment