Friday, August 24, 2012

नेपाली बालबालीका दिल्लीमा अलपत्र

८ भदौ, काठमाण्डौं । रोजगारी तथा अन्य कामको सिलसिलामा भारतको राजधानी नयाँदिल्ली पुगेका १६नेपाली बालबालिका अलपत्र परेका छन् ।
पाँच किशोरीसहित ती बालबालिका त्यहाँका सरकारी तथा गैर सरकारी सस्थामा आश्रय लिइरहेका छन् । ती बालबालिकालाई उनीहरुको घरपरिवारको पहिचान नहुँदा नेपाल फर्काउन कठिन भईरहेको बताईएको छ ।
दिल्लीमा कार्यरत मित्र मञ्चका अनुसार अलपत्र अवस्थामा सडकमा भेटिएका ती बालबालिकालाई अल्पकालीन आश्रय दिइएको भएपनि पुनस्थापनाका लागि परिवारमा लैजानुपर्ने छ । तर, सानै उमेरमा घरछाडेका कारण अधिकांशले वास्तविक ठेगाना बनाउन नसकेको नयाँ पत्रिकामा खबर छ । ठेगाना बताउनेहरुको पनि परिवारमा सम्पर्क हुन नकेको छैन् ।
अलपत्र परेका किशोरीहरुमा राजावास-२ सिन्धुलीकी१२ बर्षकी बीना तामाङ, सागरनाथ गाउँबाहेक अन्य कुनैको पनि ठेगाना नखुलेकी १५ बर्षकी लक्ष्मी थापा, रैतखोर ४ भगवतीपुर ठेगाना बताउने १२ बर्षकी सरिता, विराटनगर २२ रानीकी १० बर्षकी चन्दा चौधरी र वीरगन्जकी नौं बर्षकी रजिया रहेको मञ्चका अध्यक्ष दुर्गा अर्यालले जानकारी दिए ।

No comments:

Post a Comment