Monday, August 27, 2012

प्रहरी र तस्कर समूहवीच दोहोरो भिडन्त

११ भदौ, वीरगञ्ज । पर्साको मिर्जापुर गाविसमा गएराति गाँजा तस्कर समूह र सशस्त्र प्रहरीबीच दोहोरो भिडन्त भएको छ । गाँजा लिएर भारततर्फ जाँदै गरेको तस्कर र सशस्त्र प्रहरीको टोलीबीच राति करिब एक बजेतिर भिडन्त भएको हो ।
गस्तीमा रहेको प्रहरीलाई लक्षित गरी तस्कर समूहले गोली चलाएपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको प्रहरी चौकी मिर्जापुरका प्रहरी सहायक निरीक्षक वासु खड्काले जानकारी दिनुभयो । सो क्रममा प्रहरीले १३ राउण्ड हवाइ फायर गरेको र तस्कर समूहले नौ राउण्ड फायर गरेको पनि उहाँले जानकारी दिनुभयो । सो भिडन्तमा मानवीय क्षति नभएपनि सशस्त्र प्रहरीले एक क्विन्टल ५० किलोग्राम गाँजा बरामद् गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय पर्साले जानकारी दिएको छ ।
यसैगरी सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयअन्तर्गतको भिस्वाको टोलीले गएराति नै भिस्वा-३ का स्थानीय मडल मियाँलाई तीन किलो चरेशसहित पक्राउ गरेको जनाएको छ । रासस

No comments:

Post a Comment