Monday, August 27, 2012

प्रहरी हवल्दारकी श्रीमतीको हत्या

११ भदौ, रौतहट । रौतहटको औरैइयामा एक महिलाको हत्या भएको छ । औरैइया-६ का हरिहर साहकी श्रीमती २८ वर्षीया उषादेवी साहको आइतबार राति हत्या भएको प्रहरी चौकी औरैइयाका प्रहरी सहायक निरीक्षक जगेश्वर महतोले बताउनुभयो ।
मृतकका पति प्रहरी हवलदार सिन्धुलीमा कार्यरत छन् । पतिकै कामको सिलसिलामासदरमुकाम गौरमा आएका उनको शव आफ्नै गाउँको वडा नं ७ को सिसौको बगैँचामा फेला परेको प्रहरीले जनाएको छ ।
साहको घाँटीमा निलडाम रहेको र बलात्कार गर्ने क्रममा उनको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । साहसँगै रौतहटमा दुई हप्ताभित्रमा महिला मर्नेको सङ्ख्या पाँच पुगेको मुद्दा फाँटका प्रहरी निरीक्षक कमल गिरीले बताउनुभयो ।

No comments:

Post a Comment