Monday, August 27, 2012

‘सेक्स टुरिजम इभेन्ट’ गर्न खोज्ने पोखरेल प्रहरी फन्दामा

११ भदौ, काठमाडौं । सामाजिक सञ्जाल फेसबुक मार्फत ठगी गर्ने तथा सेक्स टुरिजम इभेन्ट आयोजना गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ विराटनगर घर भई काठमाडौंको कुमारीगाल नयाँ वस्ती बस्ने ४० वर्षिय किर्तन पोखरेल छन् ।
उनलाई केन्द्रिय अनुसन्धान ब्यूरो सीआइबीको टोलीले भदौ ८ गते कुमारीगाल क्षेत्रबाट पक्राउ गरेको हो ।पोखरेलले युवा युवतीहरुलाई समावेश गरेर ‘बुङ्गा-बुङ्गा’ पार्टी गर्नका लागि फेसबुकमा ‘बुङ्गा-बुङ्गा ईभेन्ट’ क्रियट गरेको सीआइबीले जनाएको छ ।
१० देखि १७ वर्षका युवा युवती सहभागि हुने बुङ्गा-बुङ्गा पार्टीमा सहभागि हुन २ हजार यूरो खर्च लाग्ने सूचना पोखरेलले फेसबुक मार्फत प्रवाह गरेको र त्यसमा केही फेसबुक प्रयोगकर्ताले लाईक समेत गरेको पाईएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पोखरेलले २० वटा ईमेल आइडी बनाएको र त्यसै मार्फत फेसबुक एकाउन्ट खोलेर फर्जी इभेन्ट राखी अन्तर्राष्ट्रिय संगठिन अपराध गर्न सक्ने, फेसबुकमा क्रियट गरेको इभेन्टबाट अन्तर्राष्ट्रिय रुपमा सेक्स टुरिजम गर्ने काममा संलग्न रहेको र आर्थिक लाभका लागि इमेलबाट नग्न तस्विरहरुआदान प्रदान गरेको समेत सीआइबीको दावी छ ।
पक्राउ परेका पोखरेललाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको छ । विद्युतीय कारोवार ऐन अन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाही गरिने प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment