Saturday, August 25, 2012

सीमामा निगरानी बढाउँदै माइती नेपाल

९ भदौ, इलाम । नेपालको पूर्वी नाकाका रूपमा इलामको पशुपतिनगरबाट भारततर्फ घुम्न जाने, वैदेशिक रोजगारीमा लगाइदिने आदि प्रलोभन देखाई दलालले विभित्र जिल्लाबाट चेलीबेटी भारततर्फ लैजानेक्रम बढेपछि माइती नेपाल पशुपतिनगरले सीमामा कडाइ गर्न थालेको छ । यस संस्थाले पछिल्लोछ महिनामा भारततर्फ जाँदै गरेका वा जोखिममा पर्न सक्ने अवस्थाका ५२ जनालाई रोकी अभिभावकलाई बुझाएको छ । यसैगरी एक सय ७९ जनालाई परामर्श गरी सीमा नाकाबाट फर्काएको थियो ।
सीमा क्षेत्रमा निगरानीमा बसेकी माइती नेपालका कर्मचारी विमला याक्खाका अनुसार शङ्कास्पद अवस्थामा आएका बालिकासँग सोधपुछ गर्दा आफूहरू घरसल्लाहले नै भारत हिँडेको बताउने गरेका छन् तर परामर्शपछि मात्र वास्तविकता ओकल्ने गरेका छन् । भारत छिर्ने ती बालिकाका साथमा आवश्यक कागजात नहुने र भारतको कहाँ जाने भत्रे कुराको समेत हेक्का नहुने गरेको पाइएको वताइएको छ । संस्थाले इलाम जिल्लाकै विभित्र स्थानबाट हराएका १० जनाको निवेदन परेकामा छ जनालाई भारतका विभित्र स्थानमा फेला पारी उद्धार गरेको छ ।
भारततर्फ लगिएकामध्ये धेरै विद्यालय पढ्दै गरेका पाइएपछि सिमानाका विद्यालयमा सचेतना अभियानसमेत बढाइएको संस्थाले जनाएको छ । दसवटा माध्यमिक विद्यालयका ६६ जनालाई मानव बेचबिखन र एचआइभी एड्ससम्बन्धी तीनदिने तालिम दिइएको संस्थाका संयोजक होम ढकालले जानकारी दिए । यस्तै सीमा क्षेत्रका एकल महिला र आमा समूहलाई तालिम दिएर निगरानी बढाउन हौसला प्रदान गरिएको छ । सिमानाका होटल व्यवसायी, यातायात मजदुर र स्थानीय बासिन्दालाई अभिमुखीकरण तालिम दिइएको छ। यसबाट सीमापार हुन लागेका महिलाका बारेमा थप तथ्य फेला पर्ने गरेको संयोजक ढकालको भनाइ छ ।

No comments:

Post a Comment