Saturday, August 25, 2012

केटी पट्याउन नक्कली डाक्टर !

९ भदौ, बुटबल । अस्ततालको बेडमा एप्रोन लगाएर र घाँटीमा स्टेटस्थकोप राखेर विरामी जाँच्दै गरेको देखेपछि सवैले चिन्हिाल्छन कि ऊ डाक्टर हो । तर, एप्रोन लगाएर घाँटीमा स्टेटस्थकोप राखेर विरामीको परीक्षण गर्‍यो भने के होला, सबैलाई आश्चर्य लाग्न सक्छ ।
होस् गर्नुहोस्, एप्रोन र घाँटीमा स्टेटहोस्थकोप लगाउने व्यक्ति नक्कली डाक्टर पनि हुन सक्छ । रुपन्देहीको देवदह मेडिकल कलेजमा शुक्रबार यस्तै विरामी जाँच्दै गरेका डाक्टरनक्कली ठहरिएका छन् । अस्पताल प्रशासन, कर्मचारी तथा विरामी सवैलाई जिल्याउँदै धमाधम विरामीका लागि प्रसक्रिप्सन लेखिरहेको एक युवक करिव चार घन्टासम्म डाक्टर बन्यो ।
अस्पतालका कर्मचारीबीच हल्ली खल्ली चल्यो नयाँ डाक्टरका बारेमा र उनीहरुले प्रशासनलाई खबर गरे । त्यतिबेला सम्म उ आफ्नै काममा व्यस्त रहेको थियो । पछि सबैले केरकार गर्न थालेपछि फरार हुन खोजे पनि अस्पताल प्रशासनले प्रहरीलाई बुझाएको थियो । प्रहरीको आवश्यक अनुसन्धान पछि उ नकक्ली डाक्टर भएको खुलासा भएको छ ।
डाक्टरलाई सजिलै छोरी दिने सामाजिक मान्यताको फाइदा उठाउँदै अभिभावकका अगाडी आफुडाक्टर भएको प्रमाणित गर्न नवलपरासी रामग्राम ४ का लक्ष्मण शर्माले ‘डाक्टर’को नाटक गरेको खुलेको हो । आफुले मागेको युवतीका अभिभावकसँग आफु डाक्टर भएको बताए पनि उनीहरुले नपत्याएपछि शर्माले अस्पतालमै गएर बिरामीको स्वास्थ्य परीक्षण गरेको खबर राजधानी दैनिकले छापेको छ ।
समाचार अनुसार बुटबल देवीनगरकी भीमा कुँवर शर्मा डाक्टर भए ५० हजार रुपैयाँ सहित आफ्नी १० कक्षामा पढ्दै गरेकी छोरी दिन तयार रहेको बताईन् । उनलाई शर्मा डाक्टर हो कि होइन भन्ने कुरा जाँच्न मन लागेपछि उनी ५० हजारको गड्डी सहित शुक्रबार विहान १० बजे अस्पताल पुगिन् । केटीकी आमा हुनेवाला ज्वाई डाक्टर हो कि होइन भनेर हेर्न आउने भएपछि शर्माले आफ्नो साथी मोतीराम विकलाई बिरामी बनाएर देवदह मेडिकल कलेजमा भर्ना गराएका थिए । त्यसै क्रममा डाक्टरका सामाग्री सहति आफैँ जाँच्ने नाटक शर्माले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विरामी बनेका विकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

No comments:

Post a Comment