Wednesday, August 22, 2012

७५ लाख रुपियाँ जरिवाना तिरेर ११ महिने जेलयात्रामा खड्का

विनिता दाहाल, काठमाडौं, भदौं ६ - भ्रष्टाचारी ठहरिएका खुमबहादुर खड्कालाई २० प्रतिशत जरिवानार कैद छुटसहित डिल्ली बजार कारागार चलान गरिने भएका छन्। ९४ लाख रुपियाँ जरिवाना तोकिएका खड्काले ७५ लाख रुपियाँमात्र बुझाए पुग्न‍े भएको छ भने अब ११ महिनामात्र उनले जेलमा बिताउनुपर्नेछ।
अख्तियारको कैदमा २ महिना बिताइसकेकाले उनको कैद ११ महिनामा सीमित भएको हो। काठमाडौं जिल्ला अदालतमा आज दिउँसो २ बजे पुगेका उनलाई सबै प्रकृया पूरा गरी डिल्लीबजार कारागार लैजाने तय भएको हो। अदालतमा उपस्थित भएवापत उनलाई २० प्रतिशत सजाय छुट भएको हो।
यसअघि भ्रष्टाचारी भएकै ठहरमा जेपी गुप्ता डिल्ली बजारमै कैद जीवन बिताइरहेका छन्।

No comments:

Post a Comment