२२ साउन, काठमाण्डौं । नेकपा एमाले निकट युवा संघले गरेको चक्काजामका कारण आज पनि उपत्यकाका तीन जिल्लाको जनजीवन प्रभावित भएको छ ।
युवा संघका कार्यकर्ता विहानैदेखि सडकमा जम्मा भएर प्रदर्शन गरिरहेका कारण यातायातका साधन चलेका छैनन् भने विशेष कामका लागि जानुपर्ने सर्वसाधारण पैदल हिड्न बाध्य भएका छन् ।
बन्दकै कारण विहानी कक्षा सञ्चालन हुने विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ ।
चक्काजामको अवस्थालाई मध्यनजर गर्दे हुन सक्ने अपि्रय घटना हुन नदिन उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रत्येक चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।
सहमतिय सरकार गठनको माग गर्दै आन्दोलनरत युवा संघले गरेको चक्का जाम विहान १० बजे सकिने संघले जनाएको छ ।
No comments:
Post a Comment