Tuesday, August 28, 2012

राष्ट्रपति र सेनाले सत्ता हत्याउन सक्छन् : पाण्डे

१२ भदौ, झापा । नेकपा एमालेका पोलिटव्युरो सदस्य सुरेन्द्र पाण्डेले सेना र राष्ट्रपतिले सत्ता हातमा लिने खतरा रहेको बताउनुभएको छ । प्रेस चौतारी झापाले दमकमा गरेको पत्रकार भेटघाटमा पाण्डेले प्रधानमन्त्री र राष्ट्रपतिबीचको टकराब बढ्दै गए प्रधानमन्त्रीलाई राष्ट्रपतले हटाउने र सेनाले सत्ता हातमा लिने टिप्पणी गर्नुभयो । पाण्डेले भन्नुभयो-’ एउटा समयमा पुगेर संवैधानिक निकाय खाली हुने र प्रधानमन्त्री र राष्ट्रपतिबीचको टकराबमा सेनाले सत्ता लिन सक्नेछ ।’
राजनीतिक सङ्कट समाधान गरेर चाँडै गतिरोध अन्त्य गर्न दलहरुलाई आग्रह गर्दै उहाँले सहमतिका लागि सबै दल लचक हुनुपर्ने बताउनुभयो । सबै दलहरुले आआफ्नो हठ त्यागी सहमतिका गर्न तयार हुनुपर्ने भन्दै उहाँले प्रधानमन्त्रीको राजीनामा र नयाँ सरकारबारे एकैसाथ राजनीतिक दलमा छलफल आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

No comments:

Post a Comment