Tuesday, August 28, 2012

शिक्षक-सुरक्षाकर्मीवीच झडप, ५९ शिक्षक घाइते

१२ भदौ, काठमाण्डौ । सेवासुविधाको माग गर्दै केशरमहलस्थित शिक्षा मन्त्रालयमा घेराउ तथा धर्नादिने क्रममा पुगेका विभिन्न शिक्षक तथा सुरक्षाकर्मीबीच मंगलवार भएको झडपमा ५९ शिक्षक घाइते भएका छन् । प्रतिविद्यार्थी लागत शिक्षक सङ्घर्ष समितिले विभिन्न समयमा मन्त्रालयसँग गरेका सहमतिको कार्यान्वयनको माग गर्दै समयसापेक्ष तलब वृद्धि, शिक्षकको स्थायित्वलगायतका सामाजिक सुरक्षा माग गरी घरेाउ गर्ने क्रममा सुरक्षाकर्मीसँग झडप भएको हो।
झडपमा परी कमलेश कुशवाह, चन्दि्रका साह, शान्ति शर्मा, कल्पना खरेललगायतका आठ शिक्षक गम्भीर घाइते भएको र अन्य शिक्षक सामान्य घाइते भई उनीहरुको अहिले काठमाडौँका वीर अस्पतालमा उपचार भइरहेको सङ्घर्ष समितिका संयोजक अरुण सिंहले बताउनुभयो । नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष गुणराज लोहनीले ‘शान्तिपूर्णरुपमा आफ्नो माग राख्दै गरेका शिक्षकमाथि भएको प्रहरी दमन’को भत्र्सना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।
देशभरका सामुदायिक विद्यालयमा भर्ना भएका विद्यार्थीबाट उठेको शुल्कका आधारमा मासिक रु एक हजार ५०० देखि रु दुई हजार ५०० सम्म तलब पाउने शिक्षक करिब १२ हजार रहेको अध्यक्ष लोहनीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment