Tuesday, August 28, 2012

महानायक बनाउन खोज्दा प्रचण्ड खलनायक बनेः गजुरेल

१२ भदौ, दाङ । नेकपा-माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एमाओवादीका अध्यक्ष प्रचण्डलाई नेपालकै महानायक बनाउन खोजेपनि अन्ततः महाखलनायक बनेको बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार महासंघ दाङले मंगलबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा गजुरेलले आफूभन्दा पछि केन्द्रीय सदस्य भएका प्रचण्डलाई सबैले उचालेर महानायक बनाउन खोजेको तर, खलनायक बनेको बताउनुभयो ।
बिबाद समाधान उपसमितिका संयोजक बनेका प्रचण्ड नै संविधानसभा भंग हुनुको मुख्य कारक बनेको भन्दै उहाँले संबिधान नबनाएर प्रचण्डले कलङ्ककोटिका लगाएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो-’संबिधानसभा भंग गराउन जेठ १४ को मध्य रात कुरेर बसेका प्रचण्ड र बाबुरामले गद्धारी गरे । उनीहरु अब असफल भैसकेको पुष्टि भएको छ ।’
प्रचण्ड र बाबुरामले देशलाई संकटको भुमरीमा पारेको भन्दै गजुरेलले अब उनीहरुको हालतमा देशको नेतृत्व गर्न नदिने जिकिर गर्नुभयो । उहाँले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनु पर्ने बताउनु भयो । ‘सहमतिको बिकल्प छैन तर पनि सहमति हुने अबस्था देखिदैँन’ नेता गजुरेलले भन्नुभयो-’त्यसका लागि प्रधानमन्त्रीले राजीनामा गरेर सहमति खोज्नु अहिलेको आबश्यता हो ।’
भट्टराई प्रधानमन्त्रीको कुर्सीमा सुपर ग्लू लगाएर बसेको भन्दै भन्नुभयो-’बरु तान्दा हात खुट्टा चुडिएलान् । उनले कुर्सी छोडेदैनन । प्रचण्डले सुपर ग्लु थपिरहेका छन् । ‘ एओवादीसँग कुनै पनि हालतमा एकता नहुने भन्दै नेकपा-माओवादीका उपाध्यक्ष गजुरेलले आफुहरु तत्काल हतियारको युद्धमा पनि नजाने बाउनुभयो ।

No comments:

Post a Comment