२ भदौ, विराटनगर । अत्याधिक गर्मी खप्न नसकेर विराटनगरका निजी तथा सरकारी विद्यालयका विद्यार्थीहरु कक्षा कोठामा नै बेहोस भएर ढल्ने गरेका छन् । गर्मीका कारण विराटनगरमा बिहीबार र शुक्रबार गरी ६० जना भन्दा बढी विद्यार्थी पढ्दा पढ्दै बेहोस भएको जिल्ला शिक्षा कार्यालय मोरङले जनाएको छ । बेहोस हुनेमा छात्र भन्दा छात्राको संख्या बढी रहेको छ ।
विराटनगरको तापक्रम विहीबार ३७ डिग्री र शुक्रबार ३६ डिग्री सेल्सियस मापन गरिएको हावापानी फिल्ड कार्यालय विराटनगरले जनाएको छ । गर्मीले सताउन थालेपछि केही विद्यालय भने बन्द गरेको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ । गर्मीले ३० जना भन्दा बढी विद्यार्थी बेहोस भएपछि विद्यालय बन्द गरिएको पोखरिया उच्चमाविका प्रधानाध्यापक खेम भट्टराईले बताएका छन् ।
गर्मीका कारण विद्यार्थीमा टाउको दुख्ने र रिंगटा लाग्ने जस्ता समस्या देखिने गरेको छ ।
No comments:
Post a Comment