Thursday, August 23, 2012

नेपालमा भूकम्पको धक्का

राजधानी काठमाडौँ लगायत देशका विभिन्न भागमा अहिले राति सवा १० बजे भूकम्पको हल्का धक्का महसूस भएको छ। अमेरिकी भूगर्भ सर्भेको साइटले थवाङ नजिकै केन्द्रबिन्दू रहेको ५ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ। भूकम्पबाट क्षति भए नभएको बारे जानकारी आउन बाँकी छ। कपिलवस्तुबाट यादव भुषालले थोरै ५ सेकेन्ड जति हल्का धक्का एकदम कम समय मात्र महसुसभएको बताएका छन्। उता, स्याङजाबाट कमलकुमारले भूकम्पको धक्काका कारण स्थानीय बासिन्दा त्रसितभएर सडकमा आएको बताए। पर्वतबाट आशिषजंग गुरुङले भूकम्पका कारण हल्लिएको महसूस भएको बताएका छन्।
त्यसैगरी बासु श्रेष्ठले दाङमा साह्रै ठूलो झट्का महसूस गरेको र सबै जना बाटोमा निस्किएर बसेको बताए। 'सबै डराएका छन्', उनी भन्छन्। हरगोविन्द श्रेष्ठले नारायणगढमा सात सेकेन्ड जतिको कम्पन महसूस गरेको जानकारी दिए।
राजेश्वर उदयले राति करिब १०:३२ बजे तिर तानसेनमा करिब ८ - १० सेकेन्डसम्म हल्का हल्लाउने गरी भूकम्प महसूस भएको जानकारी दिए। 'तर केहि क्षति भएन, झम्म भयो रिंगटा लागेजस्तो भयो', उनले भने।
नेपालगञ्ज मेडिकल कलेज, चिसापानीमा रहेका अभिषेक पौडेलले पनि त्यहाँका सबैले भूकम्प महसूस गरेको बताए। कृष्णप्रसाद भुषालले अर्घाखाँचीमा पनि साढे १० बजे भूकम्प महसूस भएको तर कुनै क्षति नभएको जानकारी दिए। बाग्लुङबाट विमल पौडलले सुतिरहेको अवस्थामा खाट हल्लिएपछि डर लागेको बताए।
तपाईँले पनि भूकम्प महसूस गर्नुभयो ? आफ्नो अनुभवहाम्रो फेसबुक पेजमा बताउन

No comments:

Post a Comment