Thursday, August 23, 2012

ठगी आरोपमा पूर्व गुप्तचर प्रमुखकी श्रीमती पक्राउ

७ भदौ, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख अशोकदेव भट्टकी श्रीमती प्रतिमा सिंह भट्टलाई ठगीको आरोपमा पक्राउ गरेको छ ।
प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगादिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेको अभियोगमा उनलाई महानगरीय प्रहरी बृत्त बानेश्वरको टोलीले बुधबार साँझ पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर हनुमानढोका पठाइएको छ ।
‘जागिर लगाइदिन्छु भनेर ४६ लाख ३५ हजार गठी गरेको आरोपमा प्रतिमा भट्टलाई पक्राउ गरिएको छ’ हनुमानढोका प्रहरी प्रवक्ता धिरजप्रताप सिंहले भन्नुभयो-’उनी अनुसन्धानका पूर्व प्रमुख अशोकदेव भट्टकी श्रीमती भन्ने खुलेको छ ।’ भट्टविरुद्ध ठगी मुद्धा चलाईने छ ।
युवराज न्यौपाने र मनोज यादवले भट्टविरुद्ध ठगीको उजुरी दिएका थिए । सोही आधारमा बैद्यनाथप्रसाद कर्ण र कल्पना कर्णलाई पक्राउ गरेपछि ठगीको नाइके भट्ट भएको खुलेको थियो । ‘उजुरीका आधारमा बैद्यनाथ र कल्पनालाई पक्राउ गरेपछि भट्टसम्म पुगेका हौं’ प्रवक्ता सिंहले भन्नुभयो ।

No comments:

Post a Comment