Friday, August 24, 2012

इन्जिनियरिङ पढ्न खोज्नेका भविष्य अन्यौलमा, ११ हजार विद्यार्थीको प्रवेश परीक्षा रद्द हुँदै

८ भदौ, काठमाण्डौं । इन्जिनियरिङ अध्ययन (बिई) का लागि करिब ११ हजार विद्यार्थीले दिएको प्रबेश परीक्षा रद्द हुने निश्चित जस्तै भएको छ । २७ साउनमा परीक्षा हुनअघि नै प्रश्नपत्र १० लाखमा होलसेल तथा दुईदेखि १० हजारमा खुद्रामा किनबेच भएको पुष्टि भएको छ ।
इन्जिनियरिङको प्रश्नपत्र किनबेच भएको पुष्टि गर्दै प्रहरीले आठ विद्यार्थीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले गत साता नीरज चौधरी, करण चौरसिया, राजकुमार राउत, अमितकुमार यादब, राजीब चौलागाई, राविनय यादब र मनोज यादबलाई पक्राउ गरी थुनामा राखेको छ । पक्राउ पर्ने सवै विद्यार्थी सिराहाका हुन् ।
उनीहरुले दुई हजारदेखि १० हजारसम्म प्रश्नपत्रको फोटोकपी बिक्रि वितरण गरेको अनुसन्धानबाट खुलेको छ । फक्राउ परेका विद्यार्थीहरुले नै आफुहरुले खुद्रामा प्रश्नपत्रको फोटोकपि किनबेच गरेको पुष्टि गरेको खबर नयाँ पत्रिका दैनिकमा छ ।
इन्जिनियरिङको प्रवेश परीक्षा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्टिच्युट अफ इन्जिनियरिङ (आईओई)ले गराउँछ । प्रश्नपत्र आउटमा आईओईका कर्मचारीको हात रहेको हुनसक्ने प्रहरीकोअनुमान छ । इन्जिनियरिङ अधययन गर्ने विद्यार्थीका लागि प्रवेश परीक्षा निकै महत्वपूर्ण हुन्छ । इन्जिनियरिङ पढाई हुने कलेजमा भर्ना पाउन आईओईमा प्रवेश परीक्षा दिन अनिवार्य छ । प्रवेश परीक्षामा उत्कृष्ठ अंक ल्याउनेहरु मात्र पुल्चोक इन्जिनियर कलेजमा भर्ना हुन पाउँछन् ।

No comments:

Post a Comment