Saturday, August 18, 2012

मलेसियामा एकै हप्तामा ८ नेपालीले ज्यान गुमाए

क्वालालम्पुर । मलेसियामा एकै हप्तामा आठ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । रोजगारीको शिलशिलामा मलेसिया पुगेर छुटटा-छुटटै स्थानमा गरी एकहप्ताको अवधिमा ६ जना नेपाली कामदारहरुले ज्यान गुमाएका हुन् । मृतक ८ जना मध्ये तीनजनाले नेपालीहरुकै सिकार बने भने दई जनाले आत्म हत्या गरे र अन्य तीन जनको भने काम गर्दा गर्दै मृत्यु भयो ।
तीन नेपालीको हत्या
मलेसियाको पेनाङ, आलोरगाजा र मुहारमा तीनजना नेपालीहरुको नेपालीवाटै हत्या भएको छ । क्वालालम्पुरवाट करीव दुई घण्टा टाढा मुहारमा रहेको इमस्टार फर्निचर कम्पनीमा कार्यरत सिराहाजिल्ला घर भएका अन्दाजी २० वर्षका विश्वेश्वर यादवको गत शुक्रवार हत्या भएको हो । हत्याको आरोपमा मोरङ जिल्ला टंकिसिनीवारीका अन्दाजी ३५ वर्षका जिन्द्राहिम मियालाई प्रहरीले प्रकाउ गरेको छ ।
यसैगरी पेनाङको निम्वुङतेवुलमा ताप्लेजुङ घर भईमुना पेपर कम्पनीमा कार्यरत अन्दाजी ३२ वर्षका हर्क वहादुर लिम्वुको मादक पद्धार्थ सेवन गरेर आएका रामेछापका विनोद तामाङले आवेशमा आएर छुरी प्रहार गरी हत्या गरेका हुन् । छुरा प्रहारवाट घाईते भएका हर्कको उपचारका क्रममा ज्यान गएको दिपक शाहिले जानकारी दिए । छुरी प्रहार गर्नै विनोदलाई स्थानिय प्रहरीले नियन्त्रणामा लिएर कानुनि प्रकृया अगाडि वढाईरहेको छ ।
यसैगरी मलक्काको आलोरगाजामा पनि झापा धरमपुर-४, का आलोरगाजाको जुलिट विस्कुट कम्पनीमा कार्यरत अन्दाजी ३२ वर्षका वल वहादुर तामाङको संगै कोठामा वस्ने सिराहाका सुवकलाल चौधरीले काठले हिर्काएर ज्यान गएको हो । काठले लागेर घाइते भएका उनको उपचारकै क्रममा अस्पतालमा ज्यान गएको हो । चौधरीलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।
दूई नेपालीद्धारा आत्महत्या
रोजगारीको लागि मलेसियामा आएक दूई नेपालीले आत्महत्या गरेका छन् । ती मध्ये एक नेपालीले मलेसिया आईपुगेकै दिन आत्महत्या गरेका छन् । मंगलवार दिउँसो साढे १२ वजे मलेसियाको मेरुमा रहेको कोसान लेटेक्स कम्पनीको होस्टलमा आईपुगेका सिराहा तेतरिया-१, का रामेश्वर सदयाले साझँ साढे ५ वजेतिर आत्महत्या गरे ।
नेपालवाट आफु संगै ल्याएको वोलवम लेखिएको रुमालेको सहयताले ट्वाईलेटमा गएर आत्महत्या गरेका हुन् । गोल्डन इलग मेनपावरवाट मलेसिया आएका उनले के कारणले आत्महत्या गरेका हुन थाहा हुन सकेको छैन् । यसैगरी मलेसिया आएको एघारौ दिनमा गोरखा आँरुपोखरी-८, का टंक प्रसाद खनालले आत्महत्या गरेका छन् । मलेसिया आएको दिनदेखिनै विरामि परेका उनलाई कम्पनीले अस्पताल नलगेको कुरा परिवारलाई बताएका थिए । यहि अवस्थामै उनले आत्महत्या गरेको वुझिएको छ ।
तीनजनाको कामकै शिलशिलामा ज्यान गयो
यसैगरी धन कमाएर परिवारलाई सुख सयलमा राख्ने सपना वुनेर मलेसिया आएका एक युवाको मलेसिया आएको तीन महिनामै सुतेकै अवस्थमा ज्यान गएको छ । वैतडि आमचौर गाविस वडा न ३ घर भई जाहोरको डियोनिक्स टेक्नोलोजीमा कार्यरत रकिस वहादुर चन्दंको सुतेकै अवस्थामा ज्यान गएको हो । काठमाण्डौमा रहेको आर व्यु आर ग्लोवल मेनपावरवाट तीन महिना अगाडि मात्रै उनी रोजगारीको लागि मलेसिया आएका थिए ।
यस्तै सिलिङ्गबाट खसेर सिराहा इनरुवा ५ घर भई पेनाङको सिम्पात आम्पातमा कार्यरत विन्देश्वर यादवको ज्यान गएको छ । करिब १२ फिट अग्लो सिलिङ्गमाथि सफा गर्ने क्रममा जस्ताको पाता भाँचिन गई यादव भुईमा खसेका थिए । घाइते भएका यादबको अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको हो ।
यसैगरी कम्पनीकै काम गरिरहेको बेला केहि समय अघि घाईते भएर उपचार गराईरहेको नवलपरासी जिल्ला घर भई वातुपहातमा रहेको योङपेङ कम्पनीका कार्यरत रेवान सि मास्कि मगरको उपचारकै क्रममा अस्पतालमा ज्यान गएको छ । रेवन जंगलमा तेल-कपला सावित) उत्पादन हुने ठाउँमा कार्यरत रहेका थिए । काम गर्ने क्रममा हसिया एक्कासि फुत्किएर उनको घाँटिमा लाग्न पुगेको थियो । घाईते भएका उनलाई कम्पनीले तत्काल उपचारको लागि वातुपहातको अस्पतालमा पुर्याएको थियो ।

No comments:

Post a Comment