Thursday, August 23, 2012

नारायणी नदीमा एक युवक बेपत्ता

७ भदौ, नवलपरासी । नवलपरासीको कोलुवाका नारायणी नदीले वगाएर एक युवा वेपत्ता भएको छ । नारायणी नदीमा आएको बाढिमा नदीले बगाएर ल्याएको दाउरा छोप्न जाने क्रममा कोलुवमा गाविस ४ कोलुवा घर भएका प्रकाश महत्तो वगेर वेपत्ता भएको स्थानीय वासीले जनाएको छ । नारयणी नदी किनारको वलघठ्ठा भन्ने स्थान बाट वेपत्ता भएका छ ।
महत्तोको खोजीका लागी सरोकारवाला निकायहरुले कुनै चासो नदेखाएको पारिवारीक स्रोतले गुनासो गरेको छ । आमा र भाइ सहित बस्दै आएका २० वर्षे महत्तो नदीले बगाइ वेपत्ता भए पछि परिवारमा रुवावासीमा चलेका छन् ।

No comments:

Post a Comment