Thursday, August 23, 2012

दाङमा बस दुर्घटना, ११ जना घाइते, एकको अवस्था गम्भिर

७ भदौ, दाङ । दाङको चिसापानीमा बस र ट्रक एक आपसमा ठोकिदा ११ जना घाइते भएको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दाङको घोराहीबाट नेपालगञ्जका लागि छुटेको ना ४ ख४८८३ नम्बरको बस र लमहीबाट घोराहीका लागि छुटेकोना २ ख ६२१८ नम्बरको ट्रक घोराही– लमही सडकखण्डको लक्ष्मी १ चिसापानिमा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइतेहरूलाई हाल अस्पतालमा भर्ना गरिएको छ भने गम्भीर घाईते भएका ३१ वर्षिय जयबहादुर बिष्टलाई थप उपचारका लागी नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment