Sunday, August 26, 2012

पहिरोमा एक विद्यालयसहित२५ घर बगे

खाँदबारी, भाद्र १० - संखुवासभाको उत्तरी हटियामा शनिबार राति पानीसँगै आएको पहिरो ले १ विद्यालयसहित कम्तीमा २५ घर बगाएको छ । हटिया २ हुङगुङस्थित गुवासेसा निमाविको भवन पहिरो मा परेको हो । पहिरो ले विद्यालयको ३ वटा मध्ये २ भवन बगाएको स्थानीयले बताएका छन्। विद्यालय भवन बगाएपछि एकसाताका लागि विद्यालय बन्दगरिएको छ ।
विद्यालयबाट झरेको पहिरो ले थप २५ घर पुरेको छ । पहिरो मा इन्द्र विक, वर किन्दुक्पा, तेम्बा भोटे, छिरिङ भोटे, किङसाङ भोटेलगायतका घर परेकोस्थानीयबासी फुर्वा छिरिङ भोटेले बताए । पहिरो बाट २५ घरका २ सय परिवार विस्थापित भएका छन् । उनीहरुले घरमा पालेका वस्तुभाउको उद्घार समेत गर्न नभ्याएको बताए । घटनास्थलमा हटिया चौकीका प्रहरी परिचालन गरिएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट ४० कोष उत्तरमा पर्छ । लामो खडेरीपछि पानी पर्दा गाउँ चिराचिरा भएको छ । जहाँसुकै पहिरो गएको स्थानीयले बताएका छन् । बाँकी २० परिवार घर छोडेर नजिकैका बारीमा अस्थायी कटेरा बनाएर बसेका छन् ।
विद्यालय, स्वास्थ्य चौकी, गाविस भवनसमेत पहिरो को खतरामा छन् । हिउँद न वर्षा, सधैं पहिरो को खतरा देखियो । गाविस सचिव तारणी घिमिरेका अनुसार चिस्यान क्षेत्र भएकाले १२ महिना नै पहिरो खतरामा छ ।

No comments:

Post a Comment