Tuesday, August 28, 2012

प्रहरीमा थप एक हजार दरबन्दी

काठमाडौं, भदौं १२ (नागरिक)- सरकारले नेपाल प्रहरीमा एक हजार दरबन्दी थप गर्ने निर्णय गरेको छ। सोमबार मन्त्रिपरिषद बैठकले दरबन्दी थप्ने निर्णय लिएको हो।
प्रहरी प्रधान कार्यालयले महिला तथा बालबालिका केन्द्रका लागि मागेको दरबन्दी सरकारले स्वीकृत गरेको हो। महिला तथा बालबालिका क्षेत्रमा समस्या बढिरहे पनि जनशक्ति न्यून रहेको भन्दै थप गर्न प्रधान कार्यालयले सरकारसँग माग गरेको थियो। अहिले केन्द्रअन्तर्गत करिब ५० को हाराहारी प्रहरी कार्यरत छन्।
स्वीकृत दरबन्दीमा एसपीदेखि प्रहरी जवानसम्म गरी एक हजार ४१ छन्।
यसअघि प्रहरी प्रधान कार्यालयले जनसंख्याको अनुपातमा प्रहरीको संख्या कमभएको भन्दै गृह मन्त्रालयमार्फत विभिन्न पदमा १० हजार दरबन्दी थप गर्न सरकारलाई प्रस्ताव पठाएको थियो। सरकारले भने करिब ४ हजार दरबन्दीमात्रै स्वीकृत गरेको थियो। सोअन्तर्गत अझै ६ हजार प्रहरीको दरबन्दी थपको निर्णय विचाराधीन छ।
जनसंख्याको अनुपातमा प्रहरी संख्या न्यून हुँदा शान्ति सुरक्षा बहालीमा प्रभाव परेको भन्दै प्रधान कार्यालयले गृहमार्फत दरबन्दी बढाउन सिफारिस गरेकोथियो। सरकारको निणयस"गै प्रहरीको संख्या अब ६१ हजार पुग्नेछ।
सशस्त्र प्रहरीले पनि २ हजार २ सय दरबन्दी थप गर्न लबिङ गरिरहे पनि सरकारले निर्णय लिएको छैन। सशस्त्रले दरबन्दी थपसँगै औद्योगिक सुरक्षा बलको नेतृत्व दिन लबिङ सुरु गरेको थियो।

No comments:

Post a Comment