Thursday, August 23, 2012

युवराजको नाङ्गो फोटोले दरबारमा तनाव

लन्डन, भदौ ७ (एजेन्सी) - बेलायतको राजदरबार एकपटक फेरि विवादास्पद घटनामा तानिएको छ। इन्टरनेटमा बेलायती युवराज ह्यारीका नाङ्गा तस्बिर सार्वजनिक भएपछि राजसंस्थाको टाउको दुखाई चरम अवस्थामा पुगेको हो।
एक होटलमा युवतीसँग नाङ्गो अवस्थामा युवराजको फोटो इन्टरनेटबाट विश्‍वव्यापी भएको छ। राजसंस्थाले इन्टरनेटमा फैलिएको तस्बिर पत्रिकामा छापिएला भन्नेमा शतर्कता अपनाएको विविसीले जनाएको छ।
लस भेगसको एक होटलमा गोप्यरुपमा खिचिएको फोटो यो सप्‍ताहन्तभरि इन्टरनेटमा फैलिसकेको थियो। सार्वजनिक भएको पहिलो फोटोमा युवराज नेक्लेस र हातको बालाबाहेक पूरै नाङ्गो छन्। उनीसँग पछाडि माथिल्लो भाग पूरै नाङ्गो अवस्थामा एक युवती देखिएकी छिन्। अर्को नाङ्गो फोटोमा युवराज लुक्दै गरेको देखिएको छ जसमा अपरिचित महिला नाङ्गै देखिएकी छिन्।
सेलिब्रिटीको गसिपमा आधारित वेवसाइट टिएमजेडले इन्टरनेटबाट ती फोटोहरु संसारभर फैलाएको हो। उक्त साइटले गत शुक्रबार तस्बिर लिइएको जनाएको छ।
स्ट्रिपिङ गेममा संलग्न भएकाहरुमध्ये एक व्यक्तिले युवराजको फोटो मोबाइल क्यामराबाट खिचेको टिएमजेडले जनाएको छ।
राजदरबारले यो तस्बिर युवराजको भएको स्वीकार गरेपनि यसबारे अरु जानकारी दिएको छैन। तस्बिरले युवराजको सैन्य जीवनमा असर पर्नसक्ने बताइएको

No comments:

Post a Comment