Sunday, August 19, 2012

तीन देशले आफ्ना नागरिकलाई भने लेबनान छोड,नेपालीले परिचयपत्र लाउनुपर्ने

३ भदौ, काठमाण्डौं । लेबनानमा असुरक्षा बढेको भन्दै खाडीका तीन मुलुकले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न निर्देशन दिएका छन् । त्यहाँ झण्डै ९ हजार नेपाली कार्यरत रहेका छन् ।
सिरियामा जारी हिंसाको प्रभाव लेवनानमा पनि देखिएपछि अरबका शक्तिशाली देश कतार, संयुक्त अरब इमिरेट्स र साउदी अरबले आफ्ना नागरिकलाई फिर्ता बोलाएको हो । यी देशका अधिकांश नागरिकको घर लेवनानमा रहेको छ । उनीहरुको घरमा नेपाली महिला कार्यरत रहेका छन् । लेवनान खाडी मुलुकको ‘स्वीजरल्याण्ड’का रुपमा लिईन्छ । गत विहीबार मात्र लेबनानमा ३३ जना सिरियाली नागरिकको अपहरण भएको थियो । लेवनानमा रहेको कतारको दूतावासले चाँडै आफ्ना देशका नागरिकलाई लेबनानबाट निकाल्ने बताएको छ ।
नेपालीले परिचय पत्र लगाउनुपर्ने
यता नेपाली भने सुरक्षित रहेको बताईएको छ । लेबनानको बेरुतमा कार्यरत गैर आवासीय नेपाली संघका सस्थापक अध्यक्ष दीपेन्द्र उप्रेतीले ‘हालसम्म नेपाली सुरक्षित’ रहेको बताए । नेपालीलाई परिचय पत्र लगाएर हिड्न आग्रह गर्दै उनले सुरक्षाका लागि यो प्रक्रिया अपनाईएको बताए । लेवनानमा शान्ति स्थापनाका लागि इजरायलको सिमानामा नेपाली सेना रहेपनि उक्त मिसनले यसबारे औपचारिक सूचना नदिएको कान्तिपुर दैनिकमा खबर छ ।

No comments:

Post a Comment