Monday, August 27, 2012

आजदेखि आक्रामक बजार अनुगमन

११ भदौ, काठमाण्डौ । बजारमा मूल्यबृद्धि र कालोबजारी बढेपछि सरकारले आजदेखि आक्रामक बजार अनुगमन थाल्दै छ ।
बाणिज्य बिभाग, जिल्ला प्रशासन कार्यालय र प्रहरीकोसंयुक्त टोलीले आजदेखि अनुगमन थाल्ने बाणिज्य बिभागका महानिर्देशक नारायणप्रसाद बिडारीले जानकारी दिनुभयो ।
ठूला ब्यापारीको खाद्यान्न भण्डारबारे सूचना संकलन भइरहेको र आजदेखि गोदाममै पुगेर अनुमगन गरिने बिडारीलेजानकारी दिनुभयो । बजारमा अस्वभाविक मूल्यबृद्धि देखिएपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य सचिव, बाणिज्य सचिवसहित सरोकारवाला निकायलाई तत्काल अनुमगन थाल्न निर्देशन दिनुभएको थियो ।
यसैवीच प्रधानमन्त्री भट्टराईले आजै सरोकारवालासँग बजार मूल्य नियन्त्रणका लागि बैठक बोलाउनुभएको छ । थोक ब्यापारी, खुद्रा ब्यापारी, अनुगमन गर्ने निकाय, सरकारी संस्थान लागायतका प्रतिनिधिलाई सिंहदरवार बोलाइएको बताइएको छ ।

No comments:

Post a Comment