Tuesday, August 28, 2012

कार्यकालको समिक्षासँगै प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

१२ भदौ, काठमाण्डौं । प्रधानमन्त्री डाक्टर बाबुराम भटराइले आज देशबासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । दिउँसो तीन बजे सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो एक बर्षको कार्यकालको बारेमा जानकारी गराउनुहुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री हुदा आफुले ल्याएका बिभिन्न जनमुखी कार्यक्रम र त्यसमा आफुले प्राप्त गरेका केही सफलताबारे जानकारी दिनुहुने छ । त्यस्तै विगतको कामको समिक्षा गदै आगामि दिनमा कसरी अघि बढ्ने भन्नेबारे रणनीतिलाइ पनि आजै सार्वजनिकगरिने छ ।
मुलुकको असहज परिस्थिती काँग्रेस एमाले लगायत दलको रचनात्मक सहयोगको अभावलगायत आफुले अघि सारिएको कार्यक्रमलाइ पनि लागु गर्न नसकिएको अवस्थाका बारेमा जानकारी गराउनुहुने छ ।
बेरोजगार युवाका लागि केही कार्यक्रम र नजिकिदै आएको चाडबाडलाइ मध्यनजर गदै उपभोग्य सामागि्रको मुल्यमा राहतको व्यवस्था गर्ने कार्यक्रमका विषयमा पनि प्रधानमन्त्रीले सम्बोधन मार्फत जानकारी गराउने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment