Monday, July 23, 2012

नेकपा - माओवादीका विद्यार्थीले जलाए स्कुलको बस

रोहित राई, धरान, साउन ८ - मोहन बैद्य नेतृत्वको नवगठित नेकपा-माओवादी समर्थित अखिल क्रान्तिकारीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र सञ्चालनमा रहेको दिल्ली पब्लिक स्कुलको एउटा बसमा आगजनी गरेको छ।
विदेशी नाम खारेज गरेर नेपाली नाम राख्नु पर्ने मागसहित आन्दोलित अखिल क्रान्तिकारीले इटहरीबाट विद्यार्थी लिएर धरान आउदै गरेको को १ ख ३२०४ नम्बरको स्कुल बसलाई सेउती पुलमा रोकेर जलाएका हुन्। आगजानीबाट बस पुर्णरुपमा जलेर ध्वस्त भएको छ। विद्यार्थीहरुले दुहबी क्षेत्रबाट विद्यार्थी बोकेर आउदै गरके दिल्ली पब्लिककै को १ ख ४५० नम्बरको बसमा तोडफोड गरेका छन् भने विराटनगरबाट विद्यार्थी बोकेको को १ ख ६३९ नम्बरको बस भने चालकले भगाएको कारण तोडफोड र आगजनी हुनबाट बचेको थियो। घटना बिहान करिब साढे सात बजेको हो।
आगजनी भएको बस सबै भन्दा अगाडि भएकोले क्रान्तिकारीहरुलाई अवरोध पुर्याएर जलाउन सजिलो भएको थियो। उनीहरुले विद्यार्थी बसभित्र छदै ढुंगा प्रहर गरेर सिसा फुटाएका थिए। त्यसपछि विद्यार्थी नओरालिकनै बसमा पेट्रोल छर्कदा सानाउमेरका विद्यार्थीहरु ज्यादै आतंकित बन्न पुगेको चालक रेशमलाल उरावले बताए। उनका अनुसार करिब १५ जनाको समुहले गाडी रोकेपछि हामी अखिल क्रान्तिकारी हौ मात्रे भनेको र एक्कासी तोडफोड गरि पेट्रोल छर्केर आगो लगाएका थिए।
आगजनी भएको बस पछाडि रहेको सोही स्कुलको अर्को बस पुनः पछाडि फर्केर तरहरातिरै भागेको थियो भने तेस्रो बस जर्बजस्ती धरानतर्फ हुइकिएको कारण तोडफोड हुनबाट जोगिएको थियो। सोही बसका चालकले तीनकुने चेकपोष्ट र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा खबर गरेपछि लगत्तै प्रहरी घटनास्थल पुगेको थियो। घटनस्थल पुग्दा बसमा आगो दनदनी बलिरहेको र दमकल बोलाएर आगो नियन्त्रणमा लिएपनि पुर्णरुपमा जलेको ट्राफिक प्रहरी निरीक्षक मुकुन्द रिजालले जानकारी दिए।
अखिल क्रान्तिकारीका कोचिला राज्य समिति संयोजकप्रल्हाद राउतले स्कुल बस आगजनी र तोडफोड गरेको स्वीकार गदै शिक्षामा भएको निजीकरण, व्यापारीकारण र माफियाकरणविरुद्धको कारबाही गरेको बताए। उनले दिल्ली पब्लिक स्कुल पूर्वाञ्चलमा सबैभन्दा महंगो शुल्क लिने, नेपाली भूमिका भारतीय नाम भएको र यसअघि पनि सुधार गर्न पटक पटक आग्रह गर्दा पनि अटेर गरेकोले सांकेतिकरुपमा बलपुर्वक कारबाही गर्न बाध्य भएको बताए।

No comments:

Post a Comment