Monday, July 23, 2012

सरकारले मुलक नै बेच्न लाग्यो : यादब

८ साउन, कञ्चनपुर । नेकपा (माओवादी)का संयोजक मातृका यादवले सरकारले मुलुकलाई नै विदेशी कम्पनीको हातमा पार्न खोजेको आरोप लगाउनुभएको छ । नेकपा माओवादी कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मलेनमा यादवले वर्तमान सरकारकै कारण देश विदेशीको पञ्जामा पुग्ने निश्चित भएको बताउनुभयो ।
१९५० लगायतका सवै असमान सन्धी सम्झौताहरु खारेज गरी मुलुकको हित अनुसारको नयाँ सन्धी गर्नुपर्ने भन्दै यादबले एकिकृत नेकपा माओवादीका नेताहरुले मुलुक र जनताप्रति वेईमानीगरेको आरोप लगाउनुभयो ।
संविधान सभाको पुर्नस्थापना, गालमेच सम्मेलन दुवैले मुलुकलाई निकास दिन नसक्नेे वताउदै यादबको ठहर छ ।
एकिकृत नेकपा माओवादीका नेताहरुप्रति निकै आक्रमक देखिनुभएका यादवले प्रचण्ड र वावुरामले १२ वुदे सम्झौता गर्दा नै भारतीय शासकसामु जनमुत्ति सेनालाई आत्मासमर्पण गराउने वाचा गरेको वताउनुभयो ।
जनयुद्धका सवै उपलब्धीहरु गुमेकाले फेरी जनयुद्ध गर्नुपर्ने र मोहन वैद्यले नेतृत्व गरेको गरेको माओवादीले जनयुद्धको बाटो अगाले पार्टी एकता सम्भव भएको उहाले वताउनुभयो ।

No comments:

Post a Comment