Friday, July 20, 2012

हाम्रो नेपाल प्यारो माया लाग्छ साह्रो: हाम्रो नेपाल प्यारो माया लाग्छ साह्रो

हाम्रो नेपाल प्यारो माया लाग्छ साह्रो: हाम्रो नेपाल प्यारो माया लाग्छ साह्रो

Lїfё ї$ lїкє a Ьоaт їй тнё ЬоттlёTяу то $aїl, Уоц caи'т шїтн йо aїґDaу ву daу їт оиlу gєт$ нaґdёґTяу то $cяёaм Ьцт иовоdу caяё$Tнґоцgн тнє gla$$ уоц $єє тнё $aмё facє$Hёaґ тнё vоїcё$ plaу fadё a dґцмШнєи уоцґ lїfє'$ a Ьоaт їй a ЬоттlєУоц'ґё $цґяоцйdєd, dґїfтїйg alоиёलाली गुँरास, बेली र चमेली
भएर
मन त मेरो नेपालमै फुलोस
तराइ, पहाड र हिमाल हिमाल
कुदेर
तन पनि मेरो नेपालमै
हाँसोस
सिमंकित आँगनहरुका सिमाना
मेट्दै
मेरा भावनाहरु पनि
मन र आँगन मिलाउदै कुदुन
म जतिनै टाढा बाँचे पनि
मेरा चाहना,
नेपालमै फुलुन, नेपालमै
फलुन !!
शिरिषको फूल नबनोस मेरो मन
मन्द बतासले नि सेताम्मे
झर्ने
दुबो बाँच्न सकोस मेरो मन
कसैको टेकाइमा नि नमर्ने
मेरा आँखाहरु,
हिमाल बाँचे नि भो, तराइ
बाँचे नि भो
मेरा खुटाहरुले,
देउडा नाचे नि भो, चण्डी
नाचे नि भो
जहाँ जता गए नि
तेरो र मेरो नभनी मेरो मन
जो संग हाँसे नि भो, जसरी
नाचे नि भो !!
मन मेरो कहाँ परदेशी हो र ?
म पो परदेशी
बुकी फुलाएकै हुँ पसिनाले
बाला झुलाएकै हुँ कर्मले
तिमि थिचिइदा र मिचीइदा
कर्मठ हात उठाएकै हुँ
निष्ठाले
भावना रोक्न नसकी
दुइथोपा आँशु रोकै हुँ
हृदयले
मनमा मन मिसाएर तिमिसंगै
अब, अझ झन
कर्मवीर बाँच्न सकु म
आफ्नै खोलाखाल्सा र
भीरहरुमा हाँस्न सकूँ म !!
माया, सदभाव र उल्लास बोकेर
शिर त मेरो नेपाली भएरै
उठोस
सक्दै नसकु म परचक्री पाउ
पुज्न
नमानोस मन पराधिन भै मर्न
मेरो स्वाभिमान
सगरमाथा भएर
नेपाल मै उठोस, नेपालीकै
लागि जुटोस !!

No comments:

Post a Comment