Thursday, July 19, 2012

आरुको रुखवाट खसेर १ को मृत्यु

कमल थापा, रुकुम, साउन ४- बारीको डिलमा रहेको आरु टिप्न रुख चढेका एक ७४ वर्षीय वृद्धको खसेरै मृत्यु भएको छ। दक्षिणी रुकुमको पेउघा-५ का ७४ वर्षीय वृद्ध नरबहादुर खडकाको मृत्यु भएको हो। गम्भीर घाइते नरबहादुरको घरमै घरेलु उपचार गरी थप उपचारको लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै बिहिबार बिहान मृत्यु भएको परिवारले जनाएको छ।
घरमा रहेका नातिनातिनीहरुका लागि उनि अरुका रुख चढेका थिए। टाउको, छाती लगायत शरीरका विभिन्न भागहरुमा गहिरो चोट लागेको हो। छोरा छोरी समेतका गरि १ दर्जन नातिनातिनीहरु छन्।
यसैगरी गोगनखोलामा बगेर वेपत्ता वालकको ३ दिनपछि शव फेला परेको छ। गरायला गाविस ४ का ८ वर्षीय वालक गोपाल परियार साथीहरुसँगै पौडी खेल्दा खोलाले वगाएको थियो। उनको शव ३ सय मिटर तल भेरी नदी किनारमा फेला परेको हो। खोला तर्ने र पौडी खेल्दा रुकुममा प्रत्येक महिना औसत एक जनाको मृत्यु हुने गर्छ।

No comments:

Post a Comment