Friday, July 20, 2012

दुई हजार तीन सय व्यापारीमाथि कारबाही

विराटनगर, असार ५- अवैध रुपमा नापतौलको कारोबार गर्ने र समयमा नापतौल यन्त्रको नवीकरण नगराई उपभोक्ता ठगी गर्ने पूर्वाञ्चलका करिब दुई हजार २६७ औद्योगिक एवम् व्यवसायी प्रतिष्ठानलाई गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटनगरले कारबाही गरेको छ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०६८/६९ मा पूर्वाञ्चलको १६ जिल्लाका सहरी तथा बजार र ग्रामीण क्षेत्रमा गरिएको अनुगमनबाट नापतौलमा अनियमिमता देखिएपछि कारबाही गरिएको हो। कारबाहीमा पर्नेहरुमा तरकारी व्यवसायी र किरानापसलदेखि ठूला उद्योगसमेत छन्।
कार्यालय प्रमुख शशिभूषण यादवले सीमित स्रोत र साधनका बाबजुद विभिन्न स्थानमा टोली खटाई चार हजार १५६ व्यवसायी तथा उद्योगीको नापतौल पुनः जाँच नवीकरण गरिएको जानकारी दिए ।
साथै कार्यालयले ६१ व्यवसायीलाई नापतौलसम्बन्धी नयाँ जाँच इजाजतपत्र वितरण गरेको तथा एक हजार २२३ व्यवसायीलाई नापतौल अनुमतिपत्र प्रदान गरेको जनाएको छ। यसैगरी, यस वर्ष पूर्वाञ्चलका २१४ पेट्रोलपम्पको जाँच गरी अनुमतिपत्र नवीकरण गरिएको छ।
ती कारोबारबाट कार्यालयलाई रु १६ लाख ६४ हजार २०० राजस्व सङ्कलन भएको र उक्त रकम गत वर्षको तुलनामा अत्यधिक रहेको जनाइएको छ। रासस
प्रतिक्रियाहरू (0)

No comments:

Post a Comment