Saturday, July 28, 2012

राष्ट्रपति सक्रिय हुनुपर्छ : कमल थापा

चाँदनी हमाल, चितवन,साउन १३ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले तत्कालको संकट समाधान गर्न राष्ट्रपति सक्रिय हुनुपर्ने बताएका छन। ‘अन्तरिम संविधानले राष्ट्रपतिलाई सक्रिय हुन दिएको छैन् थापाले भने तर संविधानको संरक्षणको हैसियतले सक्रिय भएर टुंगोमा पुग्न सकिन्छ।'
उनले राष्ट्रपतिको आह्वानमा संयुक्त राष्ट्रिय सम्मेलन गरेर आगामी चुनावको वातावरण तयार गर्नुपर्ने बताए। सोही सम्मेलनले सहमतीको सरकारर तत्काल नयाँ चुनावको तयारी थाल्नुपर्नेमा उनले जोड दिए। संसदीय चुनाव या संविधानसभाको चुनाव जे भने पनि काम एउटै गर्नुपर्ने भएकाले यसमा विवाद निकाल्नु पर्ने आवश्यकता नभएको उनको भनाइ थियो। चितवनको भरतपुर स्थीत स्याउली बजारमा शनिबार राप्रपा नेपालको पार्टी कार्यालयउद्घाटन पछि पत्रकासँग कुरा गर्दै उनले अहिलेको सरकारले सहमतीको प्रयास गर्नुपर्ने उल्लेख गरे।
पहिले विघटन भैसकेको संविधानसभा व्युताउने अन्यदलको भनाई गलत भएको टिप्पणी उनले गरे। संवैधानीक जटिलता बढ्दै गएकाले निकासका लागि दुई वा तीन दलबाट नभई सबै दलको सहभागितामा छलफल हुनुपर्ने भनाई उनको थियो। तीन दलकै कारण देशमा संकट पैदा भएको भन्दै उनले तीनदलको गल्तीका कारण जनता उनीहरुको पक्षमा नरहेको जिकिर गरे।
पुर्व गृहमन्त्री रहेका उनले सरकारले पूर्व उच्च पदस्थहरुलाई दिन लागेको सरकारी सुविधा आफुले नलिने र अरुलाई पनि सुविधा दिन नहुने बताए।
पार्टी कार्यालय उद्घाटनपछि उनी कार्यकर्ता भेटघाटमा संलग्न भएका थिए।

No comments:

Post a Comment