Thursday, July 26, 2012

युवा स्वरोजगार कोषको पैसामा बैंकहरुको मोज

११ साउन, काठमाण्डौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले दिएको रकम बैंक तथा वित्तिय संस्थाहरुले स्वरोजगारका लागि प्रयोग नगरी विशुद्ध नाफामुखी व्यवसायमा लगाएर कोषको उद्देश्य विपरीत काम गरिरहेका छन् । बैंकहरुको यस्तो बदमासी थाहा हुँदाहुँदै पनि कोष भने मौन रहेको छ ।
कोषले ठूला, पुराना र प्रतिष्ठित बैंकसँग कारोबार नगरी प्रायः नयाँ तथा साना बैंकलाई सात प्रतिशत व्याजमा रकम उपलब्ध गराईएको छ । बैंकले त्यो ऋणलाई १४ देखि १८ प्रतिशतसम्म व्याजमा लगानी गरेर ७ देखि ११ प्रतिशतसम्म चोखो नाफा खाईरहेको खबर कारोबार दैनिकले छापेको छ । कोषको उद्देश्यअनुसार पिछडिएका युवालाई स्वरोजगार बनाउने काममा लगानी गर्नु उनीहरुको प्राथमिकतामै छैन् ।
यो विषयमा सवै बैंकहरुको प्रतिक्रिया भने एउटै रहेको छ । बैंक सञ्चालकले भनेका छन्-’बैंकले पहिलेदेखि चलाउँदै आएका कार्यक्रममा असर पर्ने भएकाले कोषको उद्देश्य अनुसार काम गर्न नसकिएको हो ।’
कोषको रकम मध्ये किस्ट बैंकले २०६६ बैशाख ५ गते १०करोड रुपैयाँ लिएको छ । त्यसमध्यै ३० लाख कोषको उद्देश्य अनुरुप लगानी गरेको छ भने बाँकी ९ करोड ७० लाख रुपैयाँ दुई बर्षसम्म होल्ड गरेर व्याज खाएर बसेको छ ।
त्यस्तै अन्य बैंकहरुले पनि लिएको रकम होल्ड गरेर आफ्नै फाईदाका लागि प्रयोग गरिरहेपनि सम्बन्धि निकायले कुनै चासो दिएको छैन् ।

No comments:

Post a Comment