Thursday, April 18, 2013

टीकाटालो गरेर केटा भागेपछि राजमार्ग अवरुद्ध

५ वैशाख, चितवन । विवाहको टीकाटालो गरेर केटा पक्ष फरार भएको भन्दै
पूर्वी चितवनको रत्ननगर-८ पर्सौनीस्थित केटी पक्ष रस्थानीयवासीले
पूर्वपश्चिम राजमार्गअन्र्तगत रत्ननगरको बकुल्लहरमा दुई घन्टा सडक
अवरुद्ध गरेका छन् ।
एक्कासि सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन र यात्रु भने बीच
बाटामै अलपत्रमा परेका छन् । अपराहृन १ बजेदेखि बन्द रहेको राजमार्ग
प्रहरीले बल प्रयोग गरी साढे २ बजे खुलाएको थियो । सडक सुचारु गर्ने
क्रममा क्रममा बन्दकर्ता र प्रहरीबीच झडप हुँदा केहीसामान्य घाइते भएका
छन् ।
रत्ननगर-३ वेल्सी निवासी सुजन खनालले रत्ननगर-८ पर्सौनी बस्ने निशा
ढकालसँग विवाहका लागि गत फागुन ३० गते टीकाटालो गरेका थिए । यही वैशाख ११
गते विवाह गर्ने दिन तोकिए पनि केटा बिनाकारण सम्पर्क बाहिर रहेपछि
आक्रोशित केटी पक्षले सडकअवरुद्ध गरेका हुन् ।
केटालाई झिकाउनुपर्ने माग गर्दै केटी पक्षले नाराबाजी गर्दै इलाका प्रहरी
कार्यालयसमेत घेराउ गरेका थिए । टीकाटालो गरेको दुई दिनपछि स्वयम् केटाले
केटीलाई फोन गरेर "त्यो केटा अरु नै केटी लिएर भाग्यो, अब तिमी आˆनो सुर
गर" भनेर फोनसमेत गरेको केटीका काका रामबाबुले बताउनुभयो । रासस

No comments:

Post a Comment