भ्रष्टाचारको अभियोगमा जेल जानेहरुको लाइन पछ्याएका गोबिन्दराज जोशी २०५० सालसम्म सामान्यआर्थिक हैसियत भएका व्यक्ति हुन् ।
उनलाई नजिकबाट चिन्नेहरुका अनुसार त्योबेलासम्म उनी लखरलखर हिंड्थे । पार्टीको कार्यक्रममा सहभागी हुन्थे । यसो लेख लेख्थे । बिहान बेलुकाको गर्जो टार्न समेत मुश्किल थियो । हुँदै जाँदा भाग्य बलियो भयो । बहुदलीय व्यवस्था यिनलाई पनि फाप्यो । पटक-पटक लाभको पदमा पुगे । लाभको पदमा पुगेपछि लोभ लाग्ने भैगयो । त्यसपछि यिनको ध्यान कमाउनैतिर केन्दि्रत भयो । भ्रष्टाचारले डुङडुङ गनाउन थालेपनि उनले लामो हात गर्न छाडेनन् ।
अदालतसित बयान दिने क्रममा उनले छोराछोरी बिदेशबाट कमाएर पठाएको र आफूले पनि लेखेर सम्पत्ति जोडेको दावी गरेका छन् । तर ढाँटे कुरा काटेर किन मिल्थ्यो ? करोडौंको सम्पत्ति उनले भनेजस्तै गरी जोडिन्छ भनेर कसले पत्याउने ? हुँदैजाँदा यिनले पनि भ्रष्टाचारकै कारण जेल यात्रा गर्नुपर्यो ।
तनहुँमा जन्मेका जोशी २०२४ सालदेखि २०३४ सालमा जिल्लाकै बिभिन्न विद्यालयमा पढाउँथे । त्यसपछि२०४७ सालमा उनले कानुन व्यवसायमा संलग्न भएर काम गरे । २०४६ सालको राजनीतिक परिवर्तनपछि उनी कांग्रेसमा सकृय भएर लागे । २०४८, २०५१ र २०५६ सालमा लगातार तनहुँबाट प्रतिनिधिसभामा निर्वाचित भए । त्यसपछि उनलाई पटकपटक मन्त्री हुने भाग्य जुर्यो ।
कहिले कहिले भए मन्त्री ?
शिक्षा समाज कल्याणमन्त्री -२०४८।९।१५ देखि २०५१।८।१३ सम्म
शिक्षामन्त्री -२०५२।६।६ देखि २०५३।११।२८ सम्म
गृहमन्त्री -२०५५।१।८ देखि २०५५।९।९ सम्म
गृह र सामान्य प्रशासनमन्त्री -२०५५।९।१०देखि २०५६।२।१६ सम्म
जलस्रोतमन्त्री -२०५६।२।१७ देखि २०५६।११।१० सम्म
गृहमन्त्री -२०५६।१२।८ देखि २०५७।६।१३ सम्म
स्थानीय विकासमन्त्री -२०५७।१०।२५ देखि २०५८।४।६ सम्म
No comments:
Post a Comment