Tuesday, July 17, 2012

काम खोज्दै ४ लाख युवा विदेसिए

२ साउन, काठमाण्डौं । अस्थिर राजनैतिक वातावरणसँगै मुलुकमा रोजगारीका अवसर घट्दा आर्थिक बर्ष २०६८/६९ मा तीन लाख ८४ हजार युवा कामको खोजीमा विदेसिएका छन् । यो संख्या प्रतिवर्ष श्रम बजारमा प्रवेश गर्ने युवा बराबर हो । देशमा बाषिर्क ४ लाख मानिस श्रम बजारमा प्रबेश गर्ने अनुमान छ ।
‘आर्थिक बर्ष २०६८/६९ मा बैदेशिक रोजगारीमा ३ लाख ८४ हजार एक सय ९८ युवा बैदेशिक रोजगारीमा गएका छन,’ बैदेशिक विभागको तथ्यांक भन्छ ‘गत बर्षको भन्दा झण्डै ३० हजारले बढेको यो संख्या हाल सम्मकै उच्च हो ।’
विभागका अनुसार चार बर्षको अवधिमा कामका लागि विदेसिने नेपालीको संख्या झण्डै दोव्वर भएको खबर कान्तिपुर दैनिकले छापेको छ ।
रोजगारीका लागि बिदेश जानेमध्ये एकलाख ३३ हजार कतारमा, ९८ हजार मलेसियामा, ८० हजार साउदी अरबमा, ५४ हजार युएइमा, २३ हजार कुवेतमा र अन्य विभिन्न मुलकमा रहेका छन् ।
वि.सं. २०६८ मा भएको जनगणना अनुसार २० लाख नेपाली विदेश रहेको जनाईए पनि यो संख्या अझै बढ्न सक्ने जानकारहरुको भनाई छ ।

No comments:

Post a Comment