Wednesday, June 20, 2012

विषालु च्याउ खाँदा चार सिकिस्त

दमक, असार ६- दक्षिण इलामको चुलाचुली–७ आइतबारेमा विषालु च्याउ खाएर एकै परिवारका चार जना सिकिस्त बिरामी परेका छन्। जङ्गलबाट खोजेर ल्याएको च्याउ खाँदा स्थानीय देवीप्रसाद हाङ्सुरुम्बाकी श्रीमती ४२ वर्षीया फूलमाया, २२ वर्षीय छोरो अजित, १९ वर्षीय छोरो अमित र १६ वर्षीया छोरी सावित्रा सिकिस्त बिरामी परेका हुन्।
स्थानीय स्वास्थ्यकर्मी प्रकाश भट्टराईबाट दिएको जानकारीअनुसार उनीहरूको हाल धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र स्वास्थ्य स्थिति सुधारोन्मुख छ। उनीहरुले गए राति यसरी च्याउ खाएका थिए।
- रासस
प्रतिक्रियाहरू (0)

No comments:

Post a Comment