Wednesday, June 6, 2012

भारतको बुई चढेर सविधानसभा विघटन-गजुरेल

माओवादीका सचिव सिपी गजुरेलले सरकार अहिले डरलाग्दो ढंगले अगाडि बढ्दै गएको आरोप लगाउदै उहााले देशका लागि भट्टराई सरकार खतरा बन्दै गएकाले सरकारलाई तत्काल बर्खास्त नगरे मुलुक गम्भीर संकटमा पर्न सक्ने बताउनुभयो ।
रफत संचार क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव गजुरेलले इतिहासमा कहिल्यै पनि बाबुराम भट्टराईको नेर्तित्वमा सरकार बनाउन नहुने चर्चा गदै उहाँले अहिले राष्ट्रिय स्वाधिनता र अखण्डता खतरामा परेको उल्लेख गर्नुभयो ।
भारतीय दबाबमा प्रधानमन्त्री बाबुराम भट्टराईले सविधानसभाको विघटन गरेको आरोप लगाउदैसविधानसभा असफल भई सकेको अवस्थामा फेरी सविधानसभाकै निर्वाचान हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो –‘हैसियत नभएको प्रधानमन्त्री भट्टराई र पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले भारतको बुई चढेर सुनियोजित रुपमा सविधानसभा विघटन गरेका हुन्, असंवैधानिक सरकारले असवैधानिक ढंगले स्वेच्छाचारी रुपमा कोठाबाट जारी गरेको मसिर ७ गते निर्वाचान हुनै सक्दैन ।’
यस्तो निर्वाचनमा जनता तथा पार्टीले सहभागीता नहुने बताउदै उहाँले यदि निरंकुशता लादेर जर्बरजस्ती निर्वाचन गराए ज्ञानेन्द्र शाहले गरेको निर्वाचन र यो निर्वाचानमा कुनै भिन्नता नहुने बताउनुभयो । नेता गजुरेलले भन्नुभयो–‘भारतको बुई चढेका बाबुरामको दुस्साहस बढ्दै गएको छ, राष्ट्रपतिलाई समेत कदम नचाल्न चुनौती दिदै म देखाई दिन्छु भन्दैछन्, यस्ता ब्यक्तिलाई सरकारमा एक मिनेट पनि राख्नुहुदैन ।’
उहाँले भन्नुभयो–‘विगतमा सरकार बनाउदा विदेशको हस्तक्षेप मात्र हुने चर्चा चल्दथ्यो तर अहिले मन्त्रीको नाम र विभाग समेत उतैबाट तोकिएर आउने गरेको छ, यस्तो अवस्था मुलुकका लागि भयानक हो ।’
एनेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफैले घरमाआगो लगाएर खरानी बनाउने अनि आफैले खरानीको थुर्पोबाट घर बनाउने कल्पना गरेर झै संविधानसभा पुनस्र्थापना गर्न सकिने भनेर असंम्भव कुरा गरेको चर्चा गर्दै उहाँले यस्ता कुराले एनेकपा माओवादीका कार्यकर्तालाई मुन्टो लुकाएर हिड्न पर्ने अवस्था आएको बताउनुभयो । अहिलेको समस्याको समाधान सविधानसभाको चुनाव नभई गोलमेच सम्मेलन भएको उल्लेख गदै गोलमेच सम्मेलनबाटै सबैको सहमतिमा सविधानको खाका तयार गर्ने र अनुमोदन गराउनका लागि संसदीय निर्वाचान गरी निर्वाचित पहिलो बैठकले अनुमोदन गराउन सकिने बताउनुभयो ।
पार्टीमा बढ्दै गएको विवादका बारेमा बोल्दै सचिव गजुरेलले आगामी असार एक गते हुने एमाओवादीको राष्ट्रिय भेलाले टुंगो लगाउने बताउदै उहाँले पार्टी अध्यक्ष प्रचण्डको राजिनामाको हल्ला असार १ गते आवाहान गरेको राष्ट्रिय भेला भाड्ने तुरुप फालेको आरोप लगाउदै यो उहाँको प्रपोगान्डा र षड्यन्त्र भएको बताउनुभयो । प्रचण्ड र बाबुरामले पार्टी फुटाई सकेको जिकिर गदै उहाले राजिनामा दिदैमा पार्टी एक भएर जान नसक्ने बताउनुभयो ।
पार्टी अध्यक्ष प्रचण्डको नेतृत्व पार्टीमा असफल भइसकेको दाबी गर्दै बैध पक्षले अध्यक्ष र प्रधानमन्त्रीको माग नगरेको उल्लेख गर्दै एमाओवादीको वास्तविक रुपमा पार्टीको सिद्धान्त त्यागेको, विचार, राजनीति, क्रान्ति परित्याग गरेर पार्टी विभाजन गरिसकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो–‘हामीले पार्टी फुटाउन चाहेका होईनौ, पार्टी त प्रचण्ड र बाबुरामले फुटाइसके अब बैध पक्षले भने १ गतेको भेलाले एमाओवादीलाई नयाा पार्टीको रुपमा अगाडि लैजाने बताउनुभयो ।
कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य मनमोहन भट्टराईले असवैधानिक रुपमा बाबुरामले विघटन गरेको सविधानसभा प्रचण्डले भने जस्तै पुर्नस्थापना हुन नसक्ने बताउनुभयो । उहाले भन्नुभयो–‘कसैको हुकुमीले अव सविधानसभा स्थापना हुन सक्दैन, संविधानले पनि यसलाई ब्यूताउने अधिकार दिएको छैन, अब हुकुमी शासन चलाउछु भन्ने कसैले नसोचे हुन्छ ।’
मंसीर ७ गते संविधानसभाको निर्वाचन संम्भव नभउको उल्लेख गर्दै उहााले अहिले जनता पनि मतदान गर्ने पक्षमा देखिएका छैनन् र उम्मेदवार पनि मत माग्न जान सक्ने अवस्थामा छैनन भन्नुभयो ।
तपाईंको प्रतिक्रिया

No comments:

Post a Comment