Thursday, October 4, 2012

दशैं गयो ? कि आउदैछ ?

१८ असोज, काठमाडौँ । तपाई दसैं कहिले मनाउँदै हुनुहुन्छ ? पक्कै पनि
आउँदो कात्तिकमा । तर पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिका
पदाधिकारीहरुले भने तमझमका साथ हालै दसैं मनाएका छन।
शरद ऋतुमा लगाउनेपर्ने टिका हेमन्त ऋतुमा लगाउन हुदैन भन्दै समितिका
पदाधिकारीहरुको अगुवाईमा केहीले दशैको टिका जमरा लगाएर आशिर्वाद सम्म लिन
भ्याएकाछन ।
सर्वसाधारण नेपालीको वडादसैं सुरुहुनु एक महिना अगावै एक कार्यक्रमको
आयोजना गरी समितिका पदाधिकारीहरुको अगुवाईमा दुर्गा भवानीको प्रसाद जमरा
टीका एक आपसमा लगाइ दसैं मनाएका हुन ।
पर्वसुधार राष्ट्रिय कार्यान्वयन समितिको आयोजनामा यही असोज १४ गते
पूर्णिमाका दिनलाई वडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाकारूपमा मानेर
गुह्येश्वरी मन्दिर परिसरमा टीका जमरा लगाई बडादसैं सम्पन्न गरेको सदस्य
सचिव हरिनारायण मल्लले जानकारी दिनु भयो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णयअनुसार राज्यस्तरबाट स्वीकारिएको
दसैं सुरुहुनु एक महिना अगावै पर्वसुधार राष्ट्रिय कार्यान्वयन समिति
अन्तर्गतका केही व्यक्ति र समूहले यसपालीको दसैं सम्पन्न गरेका हुन् ।
यसरी अगावै दसैं मनाउनेहरुमा काठमाडौँ, ललितपुर, चितवन र गोर्खा जिल्लाका
केही बासिन्दा रहेको समितिका सदस्य–सचिव मल्लले बताउनुभयो ।
उहाँका अनुसार सर्वसाधारणले मानिआएका पर्वको समय अशुद्ध भएकोले पर्वहरुको
समयसारिणी (समय तालिका)लाई एक महिना वर सारेर समय सुधार गर्दै मनाउने
गरेमा वास्तविक फल प्राप्तहुन्छ ।
प्रत्येक ७२ वर्षमा बढेको एक दिनको समयलाई समायोजन गर्नुपर्नेमा
ज्योतिर्विद् वराह मिहिरले करिब १५५० वर्ष अगाडि स्थापित गरेको पञ्चाङ्ग
पद्धतिलाई हालसम्म पनि सुधार नगरिएकोले यस्तो आएको बताइन्छ । खगोलीय
विज्ञानका आधारमा ७२ वर्ष भित्र २४ घण्टा(एक अहोरात्र अर्थात एकदिन)
बराबरको समय बढदै जाने र हालसम्म समयतालिकामा २४ दिन बढेको सयमलाई
समायोजन नगरेले दशै अगाडि मनाउनुपर्ने स्थिती आएको बताइन्छ । हामीले
मानिआएको समय तालिका अशुद्ध हुने हुँदा हालको समय तालिकालाई करिव एक
महिना अगावै नल्याएसम्म सम्बन्धित पर्वको वास्तविक फल प्राप्त हुँदैन
भन्ने सदस्य सचिव मल्लको तर्क रहेको छ ।
यसैक्रममा पर्वको सुधार गरी २०६९ असोज १४ गते शारदीय पूर्णिमालाई
वास्तविक कोजाग्रत पूर्णिमा मानेर वडादसैं मनाई दैवज्ञ कीर्तिमर्दन जोशी,
वौद्धविद्वान राजेन्द्रमान वज्राचार्य, धर्मशास्त्री प्रा.डा.रामचन्द्र
गौतम, ज्योतिर्विद पं. दिनानाथ पण्डित तथा संचारविद् विश्वनाथ श्रेष्ठको
उपस्थितिमा प्रसाद टीकाको कार्यक्रम गरिएको मल्लले जानकारी दिनुभयो ।
यस सम्वन्धमा नेपाल सरकारले पनि पर्वसुधारको समय सारिणीमा परिवर्तन गर्न
सैद्धान्तिक सहमति जनाएको उहाँको कथन छ ।
अयनांशको आधारले हाम्रा पर्व दिनहरु एक महिना वर सारेर मनाउने क्रममा
परम्परागत शरद ऋतुको दसैं हेमन्त ऋतुमा मनाउने नभै शरदऋतुमै मनाउने
प्रचलन अनुसार मनाइएको देखिन्छ ।
धर्मशास्त्री प्रा.डा.रामचन्द्र गौतम वडादसैं, नवरात्री(दुर्गोत्सव),
शारदोत्सव (शरद ऋतुको उत्सव) भएकोले वडादसैंको टीका र प्रसाद शरद ऋतुमै
लगाउनपर्ने तर यसवर्षको वडादसैंको टीका(विजयादशमी)हेमन्तऋतुमा परेकोेले
सो टीका प्रसादबाट अपेक्षित फल प्राप्त हुँदैन भन्नुहुन्छ ।
धर्मशास्त्री गौतम समय अशुद्ध भैरहको छ, पर्वहरु २४ दिन पर सरेका छन्
यसलाई सुधार गरी समायोजन गर्नु आवश्यक रहेको छ, तापनि राष्ट्रिय स्तरमा
मान्य नभएसम्म आफु पञ्चाङ्ग अनुसारनै दसंै मनाउने बताउँदै जसले अगावै
मनाए त्यो सही भएको औंल्याउनु हुन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा.माधव भट्टराई कस्ले
कहिले के गर्छ त्यो खोजीको विषय होइन भन्दै सरकारको मान्यता प्राप्त
अधिकारिक पञ्चाङ्ग अनुसारनै दसैं मनाउनुपर्नेमा जोड दिनुहुन्छ ।
Source Nepaliheadlins

No comments:

Post a Comment