Friday, June 22, 2012

विदेशम रहेका नेपाललीलाई बचतको अवसर

काठमाडौं, असार ८ (नागरिक) - नेपाल राष्ट्र बैंकले पाँच वर्षे वैदेशिक रोजगार बचतपत्र २०७४ निस्कासन गरेको छ। गैर आवासीय र वैदेशिक रोजगारबाट नेपाल फर्केको तीन महिना नपुगेका नेपालीहरुका लागि एक अर्ब रुपियाँको यो बचतपत्र निस्कासन गरेको हो।
यही असार १० गतेदेखि लिन सकिने गरी निस्कासित बचतपत्रमा घटीमा ५ हजार रुपियाँदेखि बचत गर्न सकिने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ। यो बचतमा १० प्रतिशत व्याजसमेत उपलव्ध गराउने राष्ट्र बैंकले जनाएको छ। विदेशमा रहेका नेपालीहरुको सुविधाको लागि राष्ट्र बैंकको साइटबाट आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ। आवेदनका लागि शुल्क नलाग्ने बताइएको छ।
विभिन्न मुलुकमा रहेका नेपालीले आइएमइ, प्रभु मनि ट्रान्सफर, प्रभु फाइनान्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर, सेञ्चुरी कमर्सियल बैंक र सेवा एक्सप्रेस कम्पनीबाट बचतपत्र किन्न सकिने छ।

No comments:

Post a Comment