Thursday, June 7, 2012

छात्राहरु वेहोस हुनथालेपछि विद्यालय बन्द

नवराज पथिक । रामेछाप, जेठ २४ । रामेछाप जिल्लाको चिसापानी गाविस स्थित भिमेश्वररुद्र उच्चमाविमा केहीदिन यतादेखि छात्राहरु वेहोस् हुने क्रम बढेपछि बुधबारबाट विद्यालयको पठनपाठननै रोकिएको छ ।
विद्यालयका शिक्षक शंकर ढुङ्गेलका अनुसार विद्यालयमा १५ दिन अघिदेखि छात्राहरु बेहोस् हुने क्रम सुरु भएको थियो । घाँटीमा केहीले समाते जस्तो अनुभूति भएपछि एकाएक बोली बन्दहुने छात्राहरु घण्टौसम्म अवाक भएर बस्ने गर्दछन् । कक्षामा सुरुमा एकजनाले घाँटी समात्यो भनेपछि सो कक्षाको अरुलाई पनि त्यस्तो हुने र अन्य कक्षाका विद्यार्थीहरुमा पनि त्यस्तै समस्या देखिने शिक्षक ढुङ्गेलले बताउनुभयो । यस्तो समस्या ६ देखि १० कक्षासम्मका छात्राहरुमा देखिएको पनि उहाँले बताउनुभयो
विहान कक्षा सुरु हुने वित्तिकैदेखि वेहोस् हुने कतिपय छात्राहरु दिनभरीनै त्यस्तै हुने पनि उहाँले जानकारी दिनुभयो । त्यस्ता विरामी छात्राहरुले विभिन्न कुराहरु बक्ने गरेको पनि ढृङ्गेलले बताउनृुभयो । हालसम्म विद्यालका २० जनाभन्दा बढी छात्राहरुमा यस्तो समस्या देखिएकोर सो क्रम बढ्न लागेपछि बुधबारबाट विद्यालयमा पठनपाठन रोकिएको उहाँले भनाई छ ।
घटनाको बारेमा जानकारी गराएपछि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीबाट गएका स्वास्थ्यकर्मीले विरामीका आफन्त र विरामी विद्यार्थीहरुलाई तनाव व्यवस्थापन तालिम दिन सुरु गरेका छन् । के कारणले विद्यार्थीहरुमा यस्तो समस्या आयो भन्ने बारेमा अझै पत्ता लाग्न सकेको छैन ।
तपाईंको प्रतिक्रिया

No comments:

Post a Comment