रोशन सिल्पकार, भक्तपुर, जेठ २५ - माओवादीले हानेको गोली लागेपछि अशक्त रहँदै आएका कङ्ग्रेसका नेता राधेश्याम जोन्छेको निधन भएको छ। हिजो राति शिक्षण अस्पताल महाराजगञ्जमा उनको निधन भएको हो। २०५९ भदौ १६ मा भक्तपुरको कटुन्जेमा माओवादीले गोली हानेपछि उनी ओछ्यान पर्दै आएका थिए।
२०५३ मा नेपाली कङ्ग्रेस भक्तपुर जिल्ला सभापति रहेका उनी पछिल्लो तीन महिना नोवेल हस्पिटलमा उपचाररत थिए। त्यसपछि एक महिना शिक्षण अस्पतालको सघन कक्षमा उनको उपचार भइरहेको थियो।
उनको शव भक्तपुर अस्पतालमा राखिएको छ। पार्टी सभापित सुशील कोइरालालगायतका नेताहरु श्रद्धाञ्जली दिएका छन्। शवयात्रपछि उनको दाह संस्कार गर्ने कार्यक्रम तय गरिएको छ।
No comments:
Post a Comment