काठमाडौं, असार ३ (नागरिक)-राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालेसंविधानसभा विघटनपछि सबै पार्टीको हैसियत बराबरभएको भन्दै विद्यमान राजनीतिक अन्योलता र शून्यतालाई अन्त्य गर्ने विषयका वार्ताहरुमा आफ्नो पार्टीलाई पनि सहभागी गराउन माग गरेका छन्।
पार्टीको काठमाडौँ उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मुलुकमाप्रजातान्त्रिक व्यवस्थालाई बलियो बनाउन निर्वाचनमा जानैपर्ने उल्लेख गरे। 'लोकतन्त्रमाजनताको अधिकारलाई सुनिश्चित गर्न निर्वाचन जरुरी हुन्छ', उनले भने।
विद्यमान राजनीतिक अन्योलको अन्त्य गर्न र संविधानसभा निर्वाचन सम्पन्न गर्न सर्वोच्च अदालतका प्रधानन्यायाधीस अथवा पूर्वन्यायाधीसको अध्यक्षतामा स्वतन्त्र सरकार गठन गर्नुपर्ने उनको माग थियो।
पार्टीका प्रचारप्रसार विभागका प्रमुख राजाराम श्रेष्ठले संविभानसभाको विघटनपछि निष्पक्ष सरकार गठनका लागि जनदवाव सिर्जना गर्न जिल्ला र क्षेत्रीयस्तरमा पार्टीले आमसभा, अन्तर्क्रिया,प्रशिक्षणलगायतका कार्यक्रम आयोजना गर्ने जानकारी दिए।
प्रतिक्रियाहरू (0)
No comments:
Post a Comment